२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

२०७७, २३ कार्तिक आईतवार ०५:०६

कार्त्तिक २३, पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्यानले आन्तरिक पर्यटकलाई लोभ्याउने गरी निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउन र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न दृश्यावलोकन केन्द्रसमेत निर्माण गरिएको बताउनुभयो । 

दृश्यावलोकन केन्द्रबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न मानिसहरु आउन थालेको अध्यक्ष घर्तीले बताउनुभयो । यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो मात्रामा देखिएको छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । 

उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको वडाध्यक्ष टोमबहादुर पुनले बताउनुभयो । विशाल ढुङ्गाको पहाडमाथि बसेर दृश्यावलोकन गर्न थालेपछि गाउँपालिकाले दृश्यावलोकन केन्द्र निर्माणमा बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको सहयोगमा घरबास कार्यक्रमसमेत सञ्चालन गरी पर्यटकलाई सुविधा प्रदान गरिएको छ ।

 पन्ध्र घरमा आवासीय सुविधाका लागि शय्याका सामान सहयोग गरेपछि घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । आन्तरिक पर्यटकहरु आइरहने तर खानबस्न व्यवस्था नहुँदा दुःख पाइरहेपछि घरबास कार्यक्रम सञ्चालन गरी पर्यटकलाई सुविधा र स्थानीयबासिन्दालाई आयआर्जन गर्ने बाटो खुलेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ ।  अघिल्लो आवमा रु आठ लाख लगानीमा निर्माण गरिएको पोखरीमा पर्यटक टहलिन्छन् । घरबास कार्यक्रममा प्रयोग हुने गरीे  सामुदायिक भवन निर्माण गरिएको छ । यसले पर्यटक आगमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । पर्यटकलाई स्वागत तथा विदाई तथा स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रूपमा सामुदायिक भवन प्रयोगमा ल्याइने स्थानीयबासिन्दाको भनाइ छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको डुम्रेमा प्रवेशद्वारसमेत स्थापना गरिएको छ । यसले पर्यटकलाई पर्यटकीय गन्तव्य तथा घरबास कार्यक्रम स्थलमा पुग्न सजिलै सूचना प्रदान हुनेछ । हिमाल, पहाड, तथा हिमालको सुन्दरता दृश्यावलोकन गर्न जन्तीलुङमा आन्तरिक पर्यटकको ओइरो लाग्दै आएको थियो ।

गर्मीको समयमा पनि शीतल हुँदा चैत्र वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटक घुमफिर गर्न रुचाउने स्थानीयबासिन्दा शेर बहादुर लम्तरी बताउनुहुन्छ । लम्तरीका अनुसार बन्दाबन्दी अवधिमा समेत तीन हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा आएका छन् । बन्दाबन्दीका कारण यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम अहिले बन्द छ ।

त्यसै पनि पर्यटकलाई आवासीय सुविधा छैन । जिल्लाभित्र तानसेन, दोभानलगायतका क्षेत्रका मानिस मोटरसाइकल तथा साना गाडीमा यस क्षेत्रमा आइरहेको लम्तरीले बताउनुभयो । घरबास कार्यक्रम कोरोनाका कारण बन्द हुँदा स्थानीयबासिन्दाको आम्दानी हुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण