२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति दिने कार्य ठप्प, के भन्छ विभाग ?

२३ कार्तिक २०७७, आईतवार ०७:१२

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृति दिने कार्य ठप्प भएको छ । विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएपछि आज बिहानै देखि श्रम स्वीकृति लगायतका अनलाइनबाट हुने सम्पूर्ण कार्य गर्न नसकिएको वैदेशिक रोजगार काठमाडौं कार्यालयका निर्देशक एवं सूचना अधिकारी छत्र बहादुर शाहले साझा सबाललाई जानकारी दिए ।

आज बिहानै देखि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको छ निर्देशक शाहले भने 'विभागको आइटी टोलीले काम गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको छु ।' प्राविधिक टोलीले काम गरिरहनुभएको छ वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टिकामणि नेउपानेले भने ' प्राविधिक काम भएकोले कति बेलाबाट पुन: सेवा शुरु हुन्छ भन्न सकिंदैन ।' प्राविधिक समस्या समाधान हुनासाथ श्रम स्वीकृति लगायत अनलाइनबाट हुने सबै सेवा पुन: शुरु गरिने उनले बताए ।

सरकारले २०७५ असोज १५ देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा ल्याएको थियो । यो सूचना प्रणालीमा पटक पटक प्राविधिक समस्या आउँदा सेवाग्राहीले हैरानी व्यहोर्दै आएका छन् । 

यसैविच कोरोना महामारीका बीच असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार असोज महिनामा ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति दिईएको हो । विभागका अनुसार असोज महिनामा ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिलाले श्रम स्वीकृति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य