साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रह"/>
साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगर क्षेत्रको सुख्खड बजारमा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ । स्थानीय प्रशासनले दैनिक रुपमा गर्ने नागरिकता र राहदानी वितरणका साथै जनगुनासो सुन्ने लगायत काम गर्ने गरी कार्यालय स्थापना गरिएको हो । कार्यालयबाट जिल्लाको मध्य क्षेत्रका मोहन्याल, पाण्डौन, दोदोधारा, कोटातुल्सीपुर, मसुरिया र पहलमानपुर गाविस तथा घोडाघोडी नगरपालिकाका झन्डै एक लाख २० हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् । प्रजिअ गोविन्द रिजालले दोदोधारा गाविस— १ का हुकुम साउदलाई आज नागरिकताको प्रमाणपत्र वितरण गरी कार्यालयको कामको शुभारम्भ गर्नुभयो । यसअघिसम्म नगरिकता लगायत कामका लागि सो क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन कार्यालय कैलाली धनगढीमा पुग्नुपर्ने अवस्था थियो । जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगर क्षेत्रमा पहिलेदेखि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । रासस कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
सुख्खड बजारमा इलाका प्रशासन कार्यालय स्थापित
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार