२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण गर्दैन : राजदुत पाण्डे

२४ कार्तिक २०७७, सोमबार ०६:५६

मनोज पराजुली । कार्त्तिक २४, काठमाडौँ । मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । मलेसिया सरकारले नै विदेशी श्रमिक डिसेम्बरसम्म नलिने घोषणा गरेको भन्दै तत्कालका लागि नेपाली श्रमिक लैजानको लागि मागपत्र प्रमाणीकरण नगरिने मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले जानकारी दिए ।

नयाँ विदेशी श्रमिकलाई मलेसियाले डिसेम्बरसम्म रोक नै लगाएको छ, साझा सबालासंग कुरा गर्दै राजदुत पाण्डेले भने ‘मलेसियाले विदेशी श्रमिक नै आउन दिंदैन भने अहिले किन मागपत्र प्रमाणीकरण गर्ने ?’ दुतावासमा नयाँ मागपत्र प्रमाणीकरण कुनै रोजगारदाता आएका छैनन् आएमा पनि दुतावासले तत्काल प्रमाणीकरण गर्दैन उनले भने ‘श्रमिक आउन नपाउने अवस्थामा नै नेपालका म्यानपावरले डिमाण्डसंगै  रोजगारीको आस देखाएर सर्वासाधणको पासपोर्ट होल्ड गराएर समस्यामा पार्न सक्छन् त्यसतर्फ पनि हामी सचेत छौं ।’

मलेसियामा विदेशी नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि सकिएका श्रमिकलाई करार नवीकरणका लागि अनुरोध गर्न थालेका राजदुत पाण्डेले बताए । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काल विदेशस्थित नियोगहरुबाट मागपत्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै आएको छ तर दुतावासहरुले मागपत्र प्रमाणीकरण गरेका छैनन् । 

यसैविच विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई कार्त्तिक १८ गते पत्राचार गरेको हो । मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई वैदेशिक रोजगारीलाई सहजीकरण गरिदिन समेत सोही पत्रमार्फत् श्रम मन्त्रालयले आग्रह गरेको छ। 

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य