२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले माग्यो नेपाली कामदार : मासिक तलब २ लाखबढी,कति चाहिन्छ योग्यता ?

२०७७, २४ कार्तिक सोमबार ११:३२

कार्तिक २४, काठमाडौँ | नेपाली विद्यार्थी तथा श्रमिकहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रका लागि  २३ जना कामदारको माग गरेको छ | जिट् अन्तर्गत जापानको विभिन्न शहरस्थित विभिन्न कम्पनीमा रोजगारीको माग भएको हो |

योग्यता पुगेका नेपाली औद्योगिक प्रशिक्षार्थी तथा अभ्यासार्थी कामदार माग भई आएको हुँदा इच्छुक नेपाली प्रशिक्षार्थीले आजको मितिबाट १५ दिनभित्र कम्पनीको कार्यालयमा निवेदन दिन भनिएको छ | त्यसैगरी रोजगारीका लागि प्रशिक्षार्थीले (सेवा शुल्क, यातायात, भिषा तथा प्रबर्द्धन खर्च समेतको) कुल खर्च गरी १० हजार तिर्नुपर्ने हुन्छ ।

रोजगारीको लागि १४ जना महिला र ९ जना पुरुष गरी २३ जना कामदारको माग गरेको कम्पनीले जनाएको छ | उक्त रोजगारीमा जाने कामदारको मासिक तलब न्यूनतम एक लाख ५८ हजारदेखि २ लाख १२ हजार हुनेछ । साथै, रोजगारीको करार अवधि ३ वर्ष तोकेको छ |

त्यस्तै हप्तामा ५ दिन प्रतिदिन ८ घण्टा मात्रै काम गर्नुपर्ने छ | कम्पनीका अनुसार ओभरटाइमको सुविधा, वार्षिक विदाका साथै खाना तथा बस्नको सुविधा रहेको छ | रोजगारीका लागि प्रशिक्षार्थीको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, सरकारको उद्योग मन्त्रालय अन्तर्गतको निकायहरूमा तीन वर्ष पूरा दर्ता भई सञ्चालन भइरहेको औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि सहकारी, सामुदायिक संघ संस्था, होटल, पर्यटन व्यवसाय अर्थात् सेवा तथा वस्तु उत्पादन व्यवसाय जस्ता क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ |

त्यस्तै कृषि सम्बन्धि कामका लागि सम्बन्धित उद्यम उद्योग वा सम्बन्धित विषयको सहकारी वा सामुदायिक संस्थामा कम्तिमा दुई वर्ष अनुभव हुनुपर्ने, जापानमा प्रशिक्षर्थी कामदारको रुपमा जान खोजेकोमा नेपालमै उद्योग, प्रतिष्ठान, संस्था वा निकायहरुमा काम गरिरहेको हुनुपर्ने र जापानी भाषा तथा संस्कृति सम्बन्धि तालिम लिएको हुनुपर्ने कम्पनीले जनाएको छ |

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ