२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र परेका नेपालीहरुका लागि जरुरी सूचना

२५ कार्तिक २०७७, मंगलवार ०४:२८

कार्तिक २५, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबिया गएर त्यँहाका विभिन्न स्थानमा कार्यरत स्वदेश फर्कन चांहने नेपाली नागरिकहरु बहिर्गमन भिसाका लागि नि:शुल्क निवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

साउदीमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएर, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकेर अलपत्र भई रोकिएकाहरुले भिसाको लागि आवेदन दिन पाउने भएका हुन् । दूतावासले एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेभित्र दूतावासको ह्‌वाट्स एप नम्वर (०५०००२१४०९) मा आफ्नो कागजात पठाउन अनुरोध गरेको हो |

कम्पनीबाट बहिर्गमन भीसा लाग्ने प्रक्रियामा रहेकाहरुले भने यसका लागि कागजात नपठाउन दूतावासले अनुरोध गरेको छ। बहिर्गमन भिसाका लागि निवेदन दिन पासपोर्टको कपी (आफ्नो फोटो टाँसिएको पाना), इकामाको कपी  (आफ्नो फोटो भएको पट्टि), सुरुदेखि नै इकामा नबनेको भए पासपोर्टमा लेखिएको बोर्डर नम्बर (पासपोर्टमा अरेबिक भाषामा लेखिएको नम्बर) र आफ्नो सम्पर्क नम्बर (ह्‌वाट्स एपमा भएको नम्बर ) चाहिने पनि दूतावासले जनाएको छ ।

यस्तो कागजात पठाउँदा आफ्नो इकामाको अवधि समाप्त भएको हुनुपर्ने पनि दूतावासले जनाएको छ । इकामाको म्याद रहेको भए पनि कम्पनीले हुरुब लागेकाहरुले माथिको विवरण पठाउन सकिने तर कुनै मुद्दा मामिला परेको अवस्था भए सोको टुंगो नलागेसम्म यस्तो बहिर्गमन भिसा नलाग्ने पनि दूतावासले जनाएको छ | साथै बहिर्गमन भिसाको सम्पूर्ण प्रक्रिया नि:शुल्क भएको समेत दूतावासले जानकारी गराएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य