२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित

२०७७, २५ कार्तिक मंगलवार ११:१८

कात्तिक  २५, लिमा, पेरु (रासस/एएफपी) । पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ ।

करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उहाँको विपक्षमा मतदान गरेपुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो ।

त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ । यसैबीच भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिनुभएको थियो । आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गर्नुभयो । उहाँका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उहाँको पक्षमा नाराबाजी गरेका थिए ।

उहाँले भन्नुभयो,“ मैले सरकारबाट दुई वर्ष आठ महिनापछि छोड्दैछु ।” यसपछि आफू तत्काल आफ्नो निजी निवासमा जाने उहाँले बताउनुभयो । “गणतन्त्रको राष्ट्रपति पद रिक्त रहेको घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ,” संसद सदस्य मानुयल मेरिनोले बताउनुभयो ।  

“म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें,” भिजकाराले भन्नुभयो । आफ्नो ३२ महिनाको कार्यकालमा आफूले निकै लोकप्रियता पाएको उहाँको दावी थियो ।

पेरूमा सन् २०२१ को अप्रिल मा आम निर्वाचनका साथै राष्ट्रपतीय निर्वाचन हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ