२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको रोजगारीमा सिण्डिकेट : ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्न संसदिय समितिको निर्देशन

२५ कार्तिक २०७७, मंगलवार ११:३२

कात्तिक  २५, काठमाडौँ । व्यवस्थापिका संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतारको रोजगारीमा नेपाली श्रमिक पठाउन सिमित व्यवसायीले सिण्डिकेट गर्न खोजेको विषयमा चासो देखाएको छ । समितिले नेपालबाट कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्डिकेट गर्न खोजेको विषयमा अनुसन्धान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको सोमवार बसेको बैठकले ति कम्पनीहरु संगठित भई एकाधिकार कायम गरेको निवेदन समितिमा परेको भन्दै सो सम्वन्धमा के भएको हो स्पष्टीकरण सोधी विस्तृत छानविन गर्न र अनुसन्धान गरी सत्यतथ्य विवरण सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समितिमा निवेदन दिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताएका छन ।

यसअगाडी कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीहरुको सूचि बनाइएको समाचार सार्वजनिक भएको थियो । यसमा नेपालस्थित कतारी दुतावास र कतार भिषा सेन्टरको नाम जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य