२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार रोजगारीमा सिन्डिकेट’ : छानबिन गर्न विभागका महानिर्देशकको नेतृत्वमा ५ सदस्यी समिति गठन

२६ कार्तिक २०७७, बुधबार ०८:३३

कार्तिक २६, काठमाडौँ । कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा ५ सदस्यी समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

कतार रोजगारीमा पठाउन केही सीमित व्यवसायीले सिन्डिकेट गर्न लागेको सम्बन्धमा छानविन गर्न भन्दै संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएपछि श्रम मन्त्रालयले छानबिन समिति गठन गरेको हो। मन्त्रालयद्वारा गठित समितिले सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

नेपालबाट कतारमा श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भई सिण्डीकेट गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले यस विषयमा स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धानसहितको प्रतिवेदन ७ दिनभित्र बुझाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो।

यसअगाडी कतारमा रोजगारीका लागि श्रमिक पठाउन १७ वटा म्यानपावर कम्पनीहरुको सूचि बनाइएको समाचार सार्वजनिक भएको थियो । काठमाडौंस्थित कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गरिएको जनाउँदै वैदेशिक रोजगारी व्यवसायीहरुले पनि त्यसको सत्यतथ्य छानबिनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य