2026-09-25 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खाडी सहित युरोप र जापानबाट २५ हजार बढी कम्पनीको डिमाण्ड आएका छन्’ -अध्यक्ष गैरे

कात्तिक २७, काठमाडौँ | कोरोना महामारीपछि वैदेशिक रोजगारीमा नयाँ कामदार जान नपाएको अवस्थामा बिभिन्न म्यानपावर कम्पनीमा हजारौं कम्पनीले मागपत्र पठाएको पाइएको छ । यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले साझा सबाललाई जानकारी गराएका छन् । 

कोरोनाको कहरबीच बेरोजगार युवाहरुले वैदेशिक रोजगारमा जान दशैंपछि निकै सक्रिय रुपमा उपत्यका छिर्ने र वैदेशिक रोजगार सम्बन्धि चासो दिन थालेको अध्यक्ष गैरेले जानकारी दिएका छन् । कोरोनाको कारण विदेशका कयौं कम्पनीमा कामदार अभाव भएको अवस्थामा स्वास्थ्य प्रोटोकल पालना गरि नयाँ कामदार पठाउने सबै प्रक्रिया खूला गर्नुपर्ने अध्यक्ष गैरेले बताए । उनले भने ‘अहिले सरकारले वैदेशिक रोजगारमा पठाउने सबै श्रम स्वीकृति खुला गरेको भए पनि सम्बन्धित देशका दुतावासले मागपत्रको प्रमाणीकरण नगरेको कारण नयाँ कामदार विदेश जान पाएका छैनन् । समस्याग्रस्त कम्पनीको मागपत्रमा दुतावासले प्रमाणीकरण नगरेपनि विदेशका राम्रा कम्पनीको मागपत्र प्रमाणीकरण गर्नुपर्छ ।’ 

अध्यक्ष गैरेले तिहारपछि म्यानपावर कम्पनीहरु खोल्नुको विकल्प नरहेको बताएका छन् । उनले केहि दिनमा बिभिन्न देशका दुतावासले वैदेशिक रोजगारका नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु गर्नेमा आफू आशावादी रहेको बताए । 

अध्यक्ष गैरेसंगको कुराकानीको भिडियो तल हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ