२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार सरकारले कुनै पनि एकाधिकार स्वीकार गर्दैन: कतारी राजदूत

२७ कार्तिक २०७७, बिहीबार १४:१७

कात्तिक २७, काठमाण्डौ | नेपालका लागि कतारी राजदूत यूसुफ विन मोहम्मद अल हैलले कतार रोजगारीमा कुनै पनि एकाधिकार स्वीकार नगर्ने बताउनुभएको छ ।

बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे र महासचिव सुजितकुमार श्रेष्ठसँग भएको भेटमा कतारी राजदूत मोहम्मदले कतार सरकारले कुनै पनि एकाधिकारलाई स्वीकार नगर्ने बताउनुभएको संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

राजदूत मोहम्मदले कतार रोजगारीमा १७ म्यानपावर कम्पनीले सिण्डिकेट गरेको र त्यसमा नेपालस्थित कतारी दूतावासको पनि मिलेमतो भएको भन्दै प्रकाशित समाचारहरुमा सत्यता नभएको बताउनुभएको छ ।


कतारमा नेपाली श्रमिकलाई रोजगारीमा पठाउन विभिन्न १७ म्यानपावर कम्पनीले सिण्डिकेट कायम गरेको भन्दै म्यानपावर व्यवसायीले नै विरोध गर्दै आएका छन् । व्यवसायीले संसदको श्रम समितिमा समेत उजुरी गरेका छन् ।

समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यस सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ भने मन्त्रालयले थप छानविनका लागि समितिसमेत गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य