2026-10-30 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णाली नदीमा ‘जिप लाइन’ सेवा : पर्यटकको आकर्षण बढ्यो

कात्तिक २८, भजनी । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

जिप लाइनको आनन्दको अनुभव लिनको लागि पछिल्लो समय पर्यटक चिसापानी पुग्ने गरेका छन् । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक समेत आएर आनन्द लिने गरेका छन् । सामाजिक सञ्जालमा भिडियो र फोटा देखेर आफू यो ठाउँमा आएको धनगढीका झलक दवाडीले बताउनुभयो । जिप लाइन सेवा कर्णाली नदीको किनारमा सञ्चालनमा ल्याइएको छ ।

करिब १३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निमार्ण गरिएको छ । साहसिक खेल जिप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकले भीड लाग्ने गरेको छ । पहिलो पटक नयाँ खेलका अनुभव लिएको काठमाडौँबाट चिसापानी पुगेको अपार बिक्रम खाँडले बताउनुभयो । अहिले साहसिक खेल जिप लाइन अनुभव लिन दैनिक २०० देखि ३०० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । करिब रु १० लाख लागतमा २०७६ सालको माघदेखि जिप लाइन सेवा सञ्चालनमा ल्याइएको हो । एक व्यक्तिले एक पटक जिप फलाइन गरेकोमा रु २०० शुल्क तिर्नुपर्ने हुन्छ ।

महोन्याल गाउँपालिकाको वडा नं ७ पितमारीको कर्णाली नदीको छेउमा जिप लाइन सञ्चालनमा ल्याइएको छ । केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जिप लाइन सेवा सञ्चालनमा ल्याउनुभएको हो । चिसापानी एड्भेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसीका खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याइएको तपेन्द्र रावलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ