२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालनको तयारी

२९ कार्तिक २०७७, शनिबार ०६:१४

कात्तिक २९, कञ्चनपुर | महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो । मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । प्राविधिक जनशक्ति व्यवस्थापनको कार्य पूरा गरिएको छ । मेसिन सञ्चालनका लागि प्रयोगशाला प्राविधिकको टोलीलाई तालिमका लागि पठाउन लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसित समन्वय गरी प्राविधिकलाई १५ दिनको तालिमका लागि पठाउन लागिएको हो ।

“ल्याबको काम अन्तिम चरण आइ सकेको छ, मङ्सिर ११ गतेसम्म सबै कार्य पूरा गर्ने भनिएको छ, त्यसपछि मङ्सिर १५ गतेदेखि मेसिन सञ्चालन गरी परीक्षण शुरु गर्छौ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, “मेसिन चलाउने जनशक्ति व्यवस्थापन भई सकेको छ, उहाँहरुलाई मङ्सिर ३ गते १५ दिने तालिमका लागि पठाइ रहेका छौँ ।”

पिसिआर प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएका छन । त्यसमा बिएमएलटी चार, माइक्रो बायलोजिष्ट एक, ल्याब टेक्नेसियन दुई र चार जना स्वीपरलगायत छन् । भीमदत्त नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउन मेसिन खरिद गरी अस्पतालाई गत महिना हस्तान्तरण गरको छ । नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसित समन्वय गरी रु ३८ लाखमा मेसिन खरिद गरेको थियो । मेसिन सञ्चालनका लागि चाहिने दैनिक खर्च व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरी कार्य अघि बढाइएको छ । 

कञ्चनपुरका सबै जनप्रतिनिधि र स्थानीय सरकारले मेसिन सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता गरी सकेका छन । भीमदत्त नगरपालिकाले महाकाली अस्पताल, जिल्ला समन्वय समिति र सुदूरपश्चिम प्रदेशका सदस्यहरुसित समन्वय गरी मेसिन खरिद गरेको थियो । अस्पतालले पिसिआर प्रयोगशाला बनाउन क्यबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माइक्रोसेन्टिफ्युज लगायतका ८२ लाखको उपकरण खरिद गरी सकेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने