2026-09-18 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तातोपानीमा चहलपहल बढ्दै

कात्तिक २९, रसुवा । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी  विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलो  भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।

गानुगोला, बाथ, छाला, अवलपित्त, दमखोकीलगायत रोग न्यूनीकरणका लागि  उपयुक्त मानिँदै आएको तातोपानी पुनः उत्पत्ति भएसँगै आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको तातोपानी संरक्षण समितिका पूर्वअध्यक्ष  रामबहादुर तामाङले बताउनुभयो । मुहान सुक्दा सुनसान बन्न पुगेको त्यस क्षेत्रमा पुनः पानी उत्पत्ति भएपछि अहिले दैनिक ४० देखि ५० आन्तरिक पर्यटक नुहाउनका लागि तातोपानी पुग्ने गरेको र बन्द भइबसेका १५ वटा होटेलसमेत पुनः सञ्चालनमा आइसकेको बताइन्छ ।

मूल सुक्नु अगाडि ८२ डिग्री सेल्सियस तापक्रममा रहेको तातोपानी पुनः फर्कंदा २२ डिग्री सेल्सियसमा रहे पनि हालको नापबाट ४३ डिग्रीमा पुगेकाले अब एकदुई महिनामा तातोले पूर्णता पाउने अपेक्षा गरिएको स्थानीयवासी बामेन तामाङले बताउनुभयो । विशेष मेलाअन्तर्गत नुहाउनका लागि प्रत्येक वर्ष कात्तिक र चैतमा हजारौँ आन्तरिक पर्यटक पुग्ने तातोपानी क्षेत्र तामाङ सम्पदा मार्गसमेत हो । कोभिड–१९ सङ्क्रमण हटेपछि बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको बताइएको छ । पैदलमार्ग भएर जानुपर्ने तातोपानी क्षेत्रमा मोटरबाटो निर्माण भएसँगै केही दिन अगाडि बाट बस सेवा सञ्चालन भइसकेकाले हिउँदयामको यात्रा सहज हुने तातोपानी संरक्षण समितिले जनाएको छ ।

यस्तै, नुहाउनका लागि टिमुरे क्षेत्रमा रहेको तातोपानीलाई समेत व्यवस्थापन गरिएको छ । टिमुरे गाउँभन्दा एक किमी दक्षिण रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको काखमा रहेको तातोपानीलाई व्यवस्थित पार्न रसुवागढी हाइड्रोपावरले पोखरी तथा पाटी निर्माण गरी सहयोग गरेकाले नुहाउन सहज भएको टिमुरेका वाङ्दी तामाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई