२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तातोपानीमा चहलपहल बढ्दै

२९ कार्तिक २०७७, शनिबार ०९:४६

कात्तिक २९, रसुवा । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी  विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलो  भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।

गानुगोला, बाथ, छाला, अवलपित्त, दमखोकीलगायत रोग न्यूनीकरणका लागि  उपयुक्त मानिँदै आएको तातोपानी पुनः उत्पत्ति भएसँगै आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको तातोपानी संरक्षण समितिका पूर्वअध्यक्ष  रामबहादुर तामाङले बताउनुभयो । मुहान सुक्दा सुनसान बन्न पुगेको त्यस क्षेत्रमा पुनः पानी उत्पत्ति भएपछि अहिले दैनिक ४० देखि ५० आन्तरिक पर्यटक नुहाउनका लागि तातोपानी पुग्ने गरेको र बन्द भइबसेका १५ वटा होटेलसमेत पुनः सञ्चालनमा आइसकेको बताइन्छ ।

मूल सुक्नु अगाडि ८२ डिग्री सेल्सियस तापक्रममा रहेको तातोपानी पुनः फर्कंदा २२ डिग्री सेल्सियसमा रहे पनि हालको नापबाट ४३ डिग्रीमा पुगेकाले अब एकदुई महिनामा तातोले पूर्णता पाउने अपेक्षा गरिएको स्थानीयवासी बामेन तामाङले बताउनुभयो । विशेष मेलाअन्तर्गत नुहाउनका लागि प्रत्येक वर्ष कात्तिक र चैतमा हजारौँ आन्तरिक पर्यटक पुग्ने तातोपानी क्षेत्र तामाङ सम्पदा मार्गसमेत हो । कोभिड–१९ सङ्क्रमण हटेपछि बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको बताइएको छ । पैदलमार्ग भएर जानुपर्ने तातोपानी क्षेत्रमा मोटरबाटो निर्माण भएसँगै केही दिन अगाडि बाट बस सेवा सञ्चालन भइसकेकाले हिउँदयामको यात्रा सहज हुने तातोपानी संरक्षण समितिले जनाएको छ ।

यस्तै, नुहाउनका लागि टिमुरे क्षेत्रमा रहेको तातोपानीलाई समेत व्यवस्थापन गरिएको छ । टिमुरे गाउँभन्दा एक किमी दक्षिण रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको काखमा रहेको तातोपानीलाई व्यवस्थित पार्न रसुवागढी हाइड्रोपावरले पोखरी तथा पाटी निर्माण गरी सहयोग गरेकाले नुहाउन सहज भएको टिमुरेका वाङ्दी तामाङले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने