सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्येग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्येग "/>
२३ चैत्र २०८१, शनिबार
अर्थ/विकास

सिसहनियाँमा ५ लाख बढी राजश्व संकलन

१७ श्रावण २०७३, सोमबार ०२:१०

सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्येग वाणिज्य संघबाट शनिवार ५ लाख ५० हजार बराबरको राजश्व संकलन गरेको छ । 

जसमा २ सय ३१ जनाको नविकरण, ३८ जनाको नयाँ दर्ता र मदिरा अन्तर शुल्कमा ३१ जनाको नवीकरण, ८ जनाको नयाँ दर्ता गरि कुल ३ सय ८ जना उद्योगी व्यापारीबाट गरि कुल ५ लाख ५० हजार राजश्व संकलन गरेको कर अधिकृत बासुदेव नेपालले जानकारी दिनु भएको छ । त्यसैगरी सिसहनियाँ उद्योग वाणिज्य संघले पनि संघमा आवद्घ २ सय ३६ जना उद्योगी व्यापारीको फर्म नवीकरण , ४५ जना उद्योगी व्यापारीको नयाँ फर्म दर्ता र १४ जना बाहिरी व्यापारीहरुको नयाँ फर्म दर्ता गरि कुल २ सय ९५ जना उद्योगी व्यापारीबाट कुल १ लाख ८३ हजार ७ सय रुपैयाँ आम्दानी गरेको टोलीमा सहभागी संघका कार्य समिति सदस्य राजकिरण खत्रीले जानकारी दिनु भएको छ । 

टोलीमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत बासुदेव नेपाल, नायव सुब्बा राजीव पोख्रेल, लेखापाल शम्भु आचार्य,  सहायक कर अपरेटर सुमन चौधरी, सवारी चालक ढकबहादुर बस्नेत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, उपाध्यक्ष सत्य नारायण चौधरी, सचिव ठाकुर प्रसाद सुवेदी, सहसचिव कुमार अधिकारी र सदस्यहरु राजकिरण खत्री, खेमराज अर्याल, भिमा आचार्य सल्लाहाकार शान्तराज भण्डारी, मदन पोख्रेल, व्यापारी बुद्घि पौडेलले सेवा दिनु भएको थियो । यसैगरी टोलीले भालुवाङ बाट ९ लाख राजस्व संकलन गरेको छ ३ सय ५८ जना उद्योगी व्यापारी बाट उक्त राजस्व संकलन भएको राजस्व कार्यलयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?