सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्येग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्येग "/>
२०८३, १२ जेष्ठ मंगलवार
अर्थ/विकास

सिसहनियाँमा ५ लाख बढी राजश्व संकलन

२०७३, १७ श्रावण सोमबार ०२:१०

सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्येग वाणिज्य संघबाट शनिवार ५ लाख ५० हजार बराबरको राजश्व संकलन गरेको छ । 

जसमा २ सय ३१ जनाको नविकरण, ३८ जनाको नयाँ दर्ता र मदिरा अन्तर शुल्कमा ३१ जनाको नवीकरण, ८ जनाको नयाँ दर्ता गरि कुल ३ सय ८ जना उद्योगी व्यापारीबाट गरि कुल ५ लाख ५० हजार राजश्व संकलन गरेको कर अधिकृत बासुदेव नेपालले जानकारी दिनु भएको छ । त्यसैगरी सिसहनियाँ उद्योग वाणिज्य संघले पनि संघमा आवद्घ २ सय ३६ जना उद्योगी व्यापारीको फर्म नवीकरण , ४५ जना उद्योगी व्यापारीको नयाँ फर्म दर्ता र १४ जना बाहिरी व्यापारीहरुको नयाँ फर्म दर्ता गरि कुल २ सय ९५ जना उद्योगी व्यापारीबाट कुल १ लाख ८३ हजार ७ सय रुपैयाँ आम्दानी गरेको टोलीमा सहभागी संघका कार्य समिति सदस्य राजकिरण खत्रीले जानकारी दिनु भएको छ । 

टोलीमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत बासुदेव नेपाल, नायव सुब्बा राजीव पोख्रेल, लेखापाल शम्भु आचार्य,  सहायक कर अपरेटर सुमन चौधरी, सवारी चालक ढकबहादुर बस्नेत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, उपाध्यक्ष सत्य नारायण चौधरी, सचिव ठाकुर प्रसाद सुवेदी, सहसचिव कुमार अधिकारी र सदस्यहरु राजकिरण खत्री, खेमराज अर्याल, भिमा आचार्य सल्लाहाकार शान्तराज भण्डारी, मदन पोख्रेल, व्यापारी बुद्घि पौडेलले सेवा दिनु भएको थियो । यसैगरी टोलीले भालुवाङ बाट ९ लाख राजस्व संकलन गरेको छ ३ सय ५८ जना उद्योगी व्यापारी बाट उक्त राजस्व संकलन भएको राजस्व कार्यलयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै