२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा छ युवा पक्राउ

२ मंसिर २०७७, मंगलवार ०६:३१

मङ्सिर २, परासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो । साथै गाडीमा रहेका केही कुखुरामा क्षति पुर्याइएको प्रहरीले जनाएको छ ।  

७ जुवाडे पक्राउ 

धरान– लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक  कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण पुरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बाँस्तोला रहेका छन् ।

इटहरी–२० तहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति २ बजे तास खेलिरहेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट तास, रु दुई लाख ८० हजार २५५ बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिनुभयो । मङ्गलबारसम्म तिहारको बिदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य