2026-07-27 07:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड-१९ पछि विदेशबाट १ लाख ४६ हजार स्वदेश फर्किए, कुन देशबाट कति ?

मङ्सिर २, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेका एक लाख ४६ हजार ८७ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तयार गरेको विवरण अनुसार विश्वका ६० मुलुकबाट मङ्सिर १ गतेसम्म एक लाख ४६ हजार ८७ जना स्वदेश फर्किएका हुन् ।

विदेशबाट फर्किएकाहरुमा रोजगारी गुमाएका, करार अवधि सकिएका, अवैधानिक रुपमा बसेकाहरु रहेका छन् । सीसीएमसीका अनुसार सबैभन्दा धेरै युएईबाट स्वदेश फर्किका छन् ।युएईबाट ४३ हजार ७४९ जना, कतारबाट २९ हजार ४९२ जना, मलेसियाबाट १९ हजार ७४० जना स्वदेश फर्किका छन् । 

त्यस्तैगरी कुवेतबाट ११ हजार १२० जना, जापानबाट ४ हजार २७४ जना, टर्कीबाट ३ हाजार ८९३ जना, दक्षिण कोरियाबाट २ हजार ६४ जना, सिंगापुरबाट १ हजार २६९ जना स्वदेश फर्किएका छन् । चेक गणतन्त्र, ट्युनेसीया, अर्मेनिया र इरानबाट २/२ जना स्वदेश फर्किएका छन् भने सोमालिएकाबात एक जना मात्र स्वदेश फर्किएको सीसीएमसीले जनाएको छ ।

हाललाई कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरिसकेको छ। विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरुले लगभग उद्धारको सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताएका छन् । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । 

कुन देशबाट कति फर्किए ? (हेर्नुहोस्) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली