२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विदेशको कमाइ, स्वदेशमा लगानी

३ मंसिर २०७७, बुधबार ०४:३५

मङ्सिर ३, बलेवा। पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो ।

पाँचवर्षे करार अवधि भ्याएर घर फर्किनुभएका उहाँ फेरि विदेश फर्किन चाहनुभएन । अहिले उहाँले यातायात व्यवसायमा हात हाल्नुभएको छ । 

जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गर्नुभएको छ । विभिन्न देश गरी लामो समय विदेश बस्नुभएका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मलेशिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उहाँले गाउँमै लगानी गर्नुभएको हो ।

विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उहाँको बुझाइ छ । उहाँको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोकालगायतका काठका सामग्री निर्माण गरिन्छ । यसबाट उहाँ बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको जिकिर गर्नुहुन्छ । उद्योगमा रु ५० लाख लगानी गरेको विकले बताउनुभयो । “धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भलबाढी हो धेरै टिक्दैन”, विक भन्नुहुन्छ, “निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।” लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताउनुभयो । विकको फर्निचरमा उहाँको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।

“मैले रु ४०/५० लाख लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ”, उहाँ भन्नुहुन्छ, “काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।” उहाँले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताउनुभयो । 

जैमिनी–१० राङखानीका यम पुन दुबईबाट फर्किनुभएको हो । दुबईमा काम र दाम धेरै राम्रो थियो तर उहाँ ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लाग्नुभएको छ । उहाँले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ ।

विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाउनुभएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि रु ५० लाख लगानी गर्नुभएको छ । “ठूलो योजना बनाएर कामको थालनी गरेका छौँ”, पुन भन्नुहुन्छ, “ब्लक उद्योगबाट शुरु गरेका छौँ, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।” उद्योगअन्तर्गत बङ्गुरपालन शुरु भएको छ । पाँच सय बङ्गुर पाल्ने योजना छ । त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम शुरु गरिएको छ । “आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ”, पुन भन्नुहुन्छ, “विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।”

उल्लिखित तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य सङ्ख्या छ । पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य