२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरवमा काम गर्न जाने नेपाली दाजुभाई दिदिबहिनीहरुमा बढ्दैछ रौनकता

४ मंसिर २०७७, बिहीबार ०३:५८

कतार | प्रदेशमा हुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको तिहार मुलत एसिया मध्य पुर्वका अरब राष्ट्रमा रोजगारका लागि आएका नेपालीको तिहारलाई जोडेर चर्चा गर्न चाहान्छु।

स्वदेशमा आफ्नो घरपरिवारमा एउटा सदस्य टाढा हुँदा उसको याद र सम्झानामा परिवार र उसले परिवारको गर्नु स्वभाविकै हो । मुलत: आज भन्ने हो भने हाम्रो महान चाड तिहारमा बिशेष गरेर माईति चेलीको सम्बन्ध सधै समधुर बनाउन मद्दत गर्ने भाईटिकामा टाढा हुँदा दिदी-बहिनीले दाजुभाईको र दाजु-भाईले दिदी-बहिनीको याद तथा सम्झाना झन धेरै हुने गर्छ । यसरी अहिलेको तिहार पनि बिगत झैं कोरोना महामारीको बीचमा भएपनि सावधानी शतर्कता अपनाउदै बिगतको झै तिहारको रोनक र चहल पहल देखियो भने कसैले बिगतलाई सम्झदै कसैले प्रत्यक्षरुपमा टिका लगाएर मनाए ।

प्रसङ्ग अरबको, नेपालीहरु दशक पहिला अरबमा पुरुष युवाहरू मात्र रोजगारका लागि बिदेशीने गर्थे, यसरी बिदेशीएका युवालाई बिगतमा चाडपर्वमा साथी-भाई कोठामै दु:ख-सुख आपसी कुराकानी र शुभकामनामै सिमित थियो, तर आज-भोली एकाएक नेपालबाट नेपाली दिदी-बहिनीहरु पनि वैदेशिक रोजगारको लागि (अरब देश) कतार, साउदी, ओमन, कुबेत, बहराईन, युएईमा अत्याधिक आईरहेका छन्, यसरी नेपाली दिदी-बहनीको बाक्लो उपस्थिती र न्यून संख्याका नेपालीहरुले आफ्नो परिवार पनि ल्याउने गरेका छन्, जसले गर्दा आजभोलीका दिनमा अरबमा पनि समय अनुसार हाम्रा महान चाडवाडमा आफ्नो नियमित कामबाट समय मिलाउदै चाडबाडमा आपसी साथीभाई मिलेर सामुहिक तवरले मनाउने गरिएको पाईन्छ र यसपालीको भाईटिकामा पनि यहाँ छुटै रौनक देखियो ।

तिहारको कुरा गर्दा कतिपय ईच्छा भएका काममा व्यस्थहरु काम पश्चात् र सामान्य छुट्टी मिलाउनेहरुले सामुहिक तबरले तिहार मनाए । बिदेश आएका दिदिबहिनीबाट टीका लगाउने दिदी-बहिनीहरुले पनि सेल रोटी अचार लगायतका परिकार पकाउने आपसमा बाढेर खाने गरिन्छ । कता-कता मलाईत नेपालको काठमाडौं  रानीपोखरीमा दाजु-भाई र दिदी-बहिनी नहुनेले टीका लगाएझै दिदी-बहिनी र दाजु-भाईको बिदेशमा पनि कतिपय ठाउमा त्यस्तै प्रकृतिको चहल-पहल जमघट देखियो र भाइटीकाको दिन नेपाली दिदी-बहिनीको बाक्लो उपस्थितिले बिदेशमा पनि विशेष गरेर तिहार र तिजमा जन विशेष हुने गरेको देखिन थालेको छ । यो विषय अरवमा हुने सबै नेपालीहरुलाई उत्साहको विषय बन्दै गएको छ । 

हामी नेपालीहरु बिशेष गरेर कम्पनीको काम गर्ने गर्छौ र कम्पनीमा कतै न कतैबाट एक दुई नेपाली दिदीबहिनी जनुसुकै काम्पनीमा भेटिनुहुन्छ र हामी आपसमा तिहारको भाईटिकमा टीका लगाउने र दिदी बहिनीले पनि सेल रोटी पकाएर लगिदिने र आपसी खुसीरमाइलो साटासाट गर्दै तिहार मनाउने गरिएको छ तसर्थ कतारमा पनि यसपालीको भाइटिकाको दिन छुट्टै रौनक देखियो । सम्बन्धीत देशको नीतिनियम भित्र रहेर पनि शान्तिपुर्वक आफ्ना मौलिक सांस्कृतिक चाडपर्व मनाउने नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि महान मनलाई हृदय देखि नै सलाम गर्दै सबैमा आगामी चाडहरुको रौनकताको शुभ-कामना।

- वीरबल खड्का, हाल: कतार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य