२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरवमा काम गर्न जाने नेपाली दाजुभाई दिदिबहिनीहरुमा बढ्दैछ रौनकता

२०७७, ४ मंसिर बिहीबार ०३:५८

कतार | प्रदेशमा हुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको तिहार मुलत एसिया मध्य पुर्वका अरब राष्ट्रमा रोजगारका लागि आएका नेपालीको तिहारलाई जोडेर चर्चा गर्न चाहान्छु।

स्वदेशमा आफ्नो घरपरिवारमा एउटा सदस्य टाढा हुँदा उसको याद र सम्झानामा परिवार र उसले परिवारको गर्नु स्वभाविकै हो । मुलत: आज भन्ने हो भने हाम्रो महान चाड तिहारमा बिशेष गरेर माईति चेलीको सम्बन्ध सधै समधुर बनाउन मद्दत गर्ने भाईटिकामा टाढा हुँदा दिदी-बहिनीले दाजुभाईको र दाजु-भाईले दिदी-बहिनीको याद तथा सम्झाना झन धेरै हुने गर्छ । यसरी अहिलेको तिहार पनि बिगत झैं कोरोना महामारीको बीचमा भएपनि सावधानी शतर्कता अपनाउदै बिगतको झै तिहारको रोनक र चहल पहल देखियो भने कसैले बिगतलाई सम्झदै कसैले प्रत्यक्षरुपमा टिका लगाएर मनाए ।

प्रसङ्ग अरबको, नेपालीहरु दशक पहिला अरबमा पुरुष युवाहरू मात्र रोजगारका लागि बिदेशीने गर्थे, यसरी बिदेशीएका युवालाई बिगतमा चाडपर्वमा साथी-भाई कोठामै दु:ख-सुख आपसी कुराकानी र शुभकामनामै सिमित थियो, तर आज-भोली एकाएक नेपालबाट नेपाली दिदी-बहिनीहरु पनि वैदेशिक रोजगारको लागि (अरब देश) कतार, साउदी, ओमन, कुबेत, बहराईन, युएईमा अत्याधिक आईरहेका छन्, यसरी नेपाली दिदी-बहनीको बाक्लो उपस्थिती र न्यून संख्याका नेपालीहरुले आफ्नो परिवार पनि ल्याउने गरेका छन्, जसले गर्दा आजभोलीका दिनमा अरबमा पनि समय अनुसार हाम्रा महान चाडवाडमा आफ्नो नियमित कामबाट समय मिलाउदै चाडबाडमा आपसी साथीभाई मिलेर सामुहिक तवरले मनाउने गरिएको पाईन्छ र यसपालीको भाईटिकामा पनि यहाँ छुटै रौनक देखियो ।

तिहारको कुरा गर्दा कतिपय ईच्छा भएका काममा व्यस्थहरु काम पश्चात् र सामान्य छुट्टी मिलाउनेहरुले सामुहिक तबरले तिहार मनाए । बिदेश आएका दिदिबहिनीबाट टीका लगाउने दिदी-बहिनीहरुले पनि सेल रोटी अचार लगायतका परिकार पकाउने आपसमा बाढेर खाने गरिन्छ । कता-कता मलाईत नेपालको काठमाडौं  रानीपोखरीमा दाजु-भाई र दिदी-बहिनी नहुनेले टीका लगाएझै दिदी-बहिनी र दाजु-भाईको बिदेशमा पनि कतिपय ठाउमा त्यस्तै प्रकृतिको चहल-पहल जमघट देखियो र भाइटीकाको दिन नेपाली दिदी-बहिनीको बाक्लो उपस्थितिले बिदेशमा पनि विशेष गरेर तिहार र तिजमा जन विशेष हुने गरेको देखिन थालेको छ । यो विषय अरवमा हुने सबै नेपालीहरुलाई उत्साहको विषय बन्दै गएको छ । 

हामी नेपालीहरु बिशेष गरेर कम्पनीको काम गर्ने गर्छौ र कम्पनीमा कतै न कतैबाट एक दुई नेपाली दिदीबहिनी जनुसुकै काम्पनीमा भेटिनुहुन्छ र हामी आपसमा तिहारको भाईटिकमा टीका लगाउने र दिदी बहिनीले पनि सेल रोटी पकाएर लगिदिने र आपसी खुसीरमाइलो साटासाट गर्दै तिहार मनाउने गरिएको छ तसर्थ कतारमा पनि यसपालीको भाइटिकाको दिन छुट्टै रौनक देखियो । सम्बन्धीत देशको नीतिनियम भित्र रहेर पनि शान्तिपुर्वक आफ्ना मौलिक सांस्कृतिक चाडपर्व मनाउने नेपाली दाजुभाई दिदी बहिनीहरुको लागि महान मनलाई हृदय देखि नै सलाम गर्दै सबैमा आगामी चाडहरुको रौनकताको शुभ-कामना।

- वीरबल खड्का, हाल: कतार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ