२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिकले रिष्टव्याण्ड लगाउनु पर्ने प्रस्ताव,विभेद भन्दै चर्को विरोध

२०७७, ५ मंसिर शुक्रबार ०५:३४

मंसिर ५, काठमाडौँ | विदेशी श्रमिकलाई चिन्न सहज हुने भन्दै मलेसियामा उनीहरुका लागि रिष्टव्याण्ड (हातमा लगाईने बाला) को प्रस्ताव गरे संगै चर्को विरोध भएको छ | मलेसियाको सुरक्षा परीषदमा यससम्बन्धि प्रस्ताव गरेसंगै चर्को बिरोध भएको हो | 

यो बिषयमा मानवअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् | सो प्रस्तावको चर्को विरोध भएपछि मलेसियाको सरकारले हालसम्म सो विषयमा कुनै निर्णय भइनसकेको भन्दै सो केवल प्रस्ताव भएको स्पष्ट पारेको छ | मानव अधिकारवादीहरुको चर्को विरोध पछि बोल्दै मलेसियाका एक बरिष्ठ मन्त्री ईस्माइल आब्री याकोबले सो विषयमा हालसम्म कुनै निर्णय नभइसकेको  बताएका छन् |

मन्त्री ईस्माईल साब्रीले सो विषय केवल राष्ट्रिय सुरक्षा परीषदमा गरिने प्रस्ताव मात्र भएको भन्दै सरकारको बचाउ गरेका छन् | उनले कोभिड १९ को समयावधिमा विदेशी श्रमिक पहिचान गर्न सहज हुने भन्दै परीषदमा यस्तो प्रस्ताव गर्न लागिएको बताए |

सरकारी अधिकारीहरुले कोभिड १९ को संक्रमण रोक्न विदेशी श्रमिक पहिचान गर्न उनीहरुको हातमा विशेष प्रकारको व्याण्ड लगाउन आवश्यक रहेको र यो विशेषगरी निमाूण क्षेत्रमा काम गर्नेहरुका लागि आवश्यक रहेको धारणा राखेको जनाएको छ | 

यसले विदेशी श्रमिकलाई हुने विभेद अझ बढाउने भन्दै अधिकारवादीहरुले विरोध गरेका  छन | मानवअधिकारवादीहरुले कोभिड १९ को संक्रमण फैलिन रोक्न विदेशी श्रमिकलाई बस्न दिइएको आवास राम्रो बनाउन आवश्यक रहेको धारणा राखेका छन् । बहुसंख्यक विदेशी श्रमिकले मलेसियामा राम्रो आवास पाउँदैनन् । सानो कोठामा धेरैजना बस्नुपर्ने र आवासको राम्रो प्रवन्ध नहुँदा कोभिडको संक्रमण फैलिएको अधिकारकर्मीहरुको तर्क छ ।

युनिभर्सिटी मलेसियाका ईपिडिमियोलोजी एण्ड पव्लीक हेल्थ विभागका प्रोफेसर डाक्टर सञ्जय रामपालले आप्रवासी श्रमिकको बसाईलाई व्यवस्थीत गर्न सके धेरै कुरामा सुधार हुने बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता