2026-09-25 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार अन्तर्गत ठगी गरि फरार प्रतिवादी पक्राउ

मङ्सिर ६, काठमाडौँ | वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–३ स्थित थुलुङ डाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहँदै आएका चौदण्डी–३ का ४३ वर्षीय सुजन राई रहेका छन् । अदालतबाट दण्ड सजाय पाए पनि केही वर्षदेखियता फरार रहँदै गाउँघरमा लुकीछिपी बस्दै आएका राईलाई शुक्रबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

राईले वैदेशिक रोजगारीका नाममा केही व्यक्ति ठगी गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक वर्र्ष तीन महिना तीन दिन कैद र एक लाख ५० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको प्रहरीले बताएको छ । फरार प्रतिवादी राईको प्रहरीले खोजी गरिरहेको र राईले अदालतको सजाय छल्नका लागि निरन्तर कहिले अन्यत्र कतै र कहिले गाउँघरमा लुकीछिपी बस्दै आएको र शुक्रबार साँझ घरमा लुक्न आइपुगेको अवस्थामा विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका राईलाई सजाय कार्यान्वयन गराउन अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध