२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार अन्तर्गत ठगी गरि फरार प्रतिवादी पक्राउ

६ मंसिर २०७७, शनिबार १६:५५

मङ्सिर ६, काठमाडौँ | वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–३ स्थित थुलुङ डाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहँदै आएका चौदण्डी–३ का ४३ वर्षीय सुजन राई रहेका छन् । अदालतबाट दण्ड सजाय पाए पनि केही वर्षदेखियता फरार रहँदै गाउँघरमा लुकीछिपी बस्दै आएका राईलाई शुक्रबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

राईले वैदेशिक रोजगारीका नाममा केही व्यक्ति ठगी गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक वर्र्ष तीन महिना तीन दिन कैद र एक लाख ५० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको प्रहरीले बताएको छ । फरार प्रतिवादी राईको प्रहरीले खोजी गरिरहेको र राईले अदालतको सजाय छल्नका लागि निरन्तर कहिले अन्यत्र कतै र कहिले गाउँघरमा लुकीछिपी बस्दै आएको र शुक्रबार साँझ घरमा लुक्न आइपुगेको अवस्थामा विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका राईलाई सजाय कार्यान्वयन गराउन अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य