साउन १७, पर्वत । निरन्तरको वर्षाका कारण फलेवासमा रहेको नहर भत्किँदा खेत बाँझै रहेको छ । 

असार पहिलो साता भत्किएको नहर केही दिन अगाडि मर्मतपछि सञ्चालन गरिए पनि गत मङ्गलबार रातिको वर्षाले फेरि पहिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पर्वत । निरन्तरको वर्षाका कारण फलेवासमा रहेको नहर भत्किँदा खेत बाँझै रहेको छ । 

असार पहिलो साता भत्किएको नहर केही दिन अगाडि मर्मतपछि सञ्चालन गरिए पनि गत मङ्गलबार रातिको वर्षाले फेरि पहिरो"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नहर भत्किँदा खेत बाँझै

१७ श्रावण २०७३, सोमबार ०८:३७

साउन १७, पर्वत । निरन्तरको वर्षाका कारण फलेवासमा रहेको नहर भत्किँदा खेत बाँझै रहेको छ । 

असार पहिलो साता भत्किएको नहर केही दिन अगाडि मर्मतपछि सञ्चालन गरिए पनि गत मङ्गलबार रातिको वर्षाले फेरि पहिरो जाँदा पुनः भत्किएको छ । नहरको मुहान क्षेत्रमा पर्ने शङ्करपोखरी–९ स्थित कपासेमा पहिरोले २५ मिटरभन्दा बढी भाग भत्किएको फलेवास सिँचाइ उपभोक्ता समितिका सचिव किशोर रेग्मीले जानकारी दिनुभयो । 

पहिरोले कुलो भत्किएपछि कृषक मारमा परेका छन् । उक्त क्षेत्रमा रोपाइँ हुन सकेको छैन । तत्काल मर्मत गरेर पानी सञ्चालन गर्ने सम्भावना नभएकाले सयौँ रोपनी खेत बाँझै रहेको छ । पटक पटक नहर भत्किँदा किसानले पूरै खेत रोप्न पाएका छैनन् । 

उक्त नहरको पानीले खानीगाउँको करिब एक सय हेक्टर, देवीस्थानको २४३ र मुडिकुवाको १६० हेक्टर खेतमा सिँचाइ गरिँदै आएको थियो । सो नहरको भरमा रोपाइँ हुने उक्त क्षेत्रमा पाँच प्रतिशत खेत बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । यस्तै राम्जादेउराली गाविसस्थित जहरे नहर भत्किँदा करिब ३५० घरधुरी प्रभावित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट