२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अन्तिम श्रम स्वीकृति खोल्ने तर कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण किन नहुने ?’

७ मंसिर २०७७, आईतवार १३:२४

मङ्सिर ७, काठमाडौं । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विदेशस्थित कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण कार्य तत्काल सुचारु गर्न माग गरेको छ । एकातिर अन्तिम श्रम स्वीकृति सुचारु गर्ने अर्कोतिर सम्बन्धित श्रोत मुलुककको नियम पुरा गर्दा समेत मागपत्र प्रमाणीकरण नभएको भन्दै एसोसिएसनले तत्काल मागपत्र प्रमाणीकरण सुचारु गर्न माग गरेको छ ।

'केहि समय देखि नेपाल कै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरि भिजिट भिसा मार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेका, केहि कम्पनी हरुको नाम सहित ' कतार सिण्डिकेट' तथा मागपत्र प्रमाणीकरणमा ढिलाई जस्ता शीर्षकमा विभिन्न माध्यमहरु बाट आएका समाचार प्रति यस " नेपाल लोकत्रान्त्रिक  वैदेशिक रोजगार व्यवसायी एसोसिएसन" को गम्भीर ध्यानाकर्षण भएको छ'   एसोसिएसन अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जाँदा/पठाउदा कामदारहरुलाई कुनै भवितब्य पर्न गएमा कुनै पनि क्षतिपुर्ती पाउने कानुनी प्रावधान नभएकोले ठगिमा पर्ने अधिक सम्भावना हुने भन्दै  एसोसिएसनले ऐन,नियम विपरितका कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने बताएको छ । यदि कहिँकतै यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाइएमा त्यस्ता संस्थाहरु यस एसोसिएसनको सदस्य रहन नसक्ने एसोसिएसनले जनाएको छ  ।

वैदेशिक रोजगार व्यवसायमा कुनै प्रकारको एकाधिकार र अप्राकृतिक मिलेमोतो जस्ता घृणित कार्यहरु यस एसोसिएसनलाई सह्य नहुने र यस्ता प्रकारका काम व्यवसायी, कामदार र सरकारकै अहित हुने कार्यमा संलग्न जो कोहि पनि कारबाहीको दयारा भित्र आउनु पर्ने एसोसिएसनले ठहर गरेको छ।  

'विदेशस्थित रोजगारदाता कम्पनीहरुले कतिपय मुलुकहरुबाट कामदार लैजाने प्रक्रिया सुरु गर्दा समेत त्यहा स्थित नेपाली दुतावास हरुले मागपत्र प्रमाणीकरण नगर्नुको कारण के हो ? मुलुकको लागि वैदेशिक रोजगार आवश्यक हो कि होइन ? कि वैदेशिक रोजगार नीतिमा परिवर्तन हुन लागेको त होइन ?' भन्दै एसोसिएसनले सरकारसंग जवाफ मागेको छ ।

दिनानुदिन बढ्दै गएका बेरोजगार हरुको संख्या र वैदेशिक रोजगार ब्यवसायी हरुको मनोबल खस्कदै गएकोले संवेदनशील एवं अनिर्णित विषयहरुमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक  रोजगार विभागसंग अबिलम्ब छलफल गरि उचित निकास निकाल्नको लागि  नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई यस " नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एसोसिएसन " जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य