२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा विदेश पठाउनेलाई कारबाही गर्ने एसोसिएसनको चेतावनी

८ मंसिर २०७७, सोमबार ०३:२५

मङ्सिर ८, काठमाडौँ | नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कामदारको लागि पेश भएका मागपत्र प्रमाणीकरण नगरिएको कारण अवैधानिक बाटोबाट भिजिट भिषामा विदेश जाने काम भईरहेको भन्दै ध्यानाकर्षण गरेको छ । 

एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै गत असार १४ गते नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको अवस्थामा अहिलेसम्म विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण शुरूवात नगरेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ 'अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार विमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा कामदारहरुलाई कुनै भवितव्य पर्न गएमा कुनैपनि क्षेतिपूर्ति पाउने कानुनी प्रावधान नभएकाले ठगिमा पर्ने अत्याधिक सम्भावना हुने हुँदा यस्ता ऐन, नियम विपरितका कार्यलाई निरुत्साहन गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने र यदी कहिंकतै यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाइएमा त्यास्ता संस्थाहरु यस एशोसिएसनको सदस्य रहन नसक्ने तथा वैदेशिक रोजगार व्यवसायमा कुनै प्रकारको सिन्डिकेट एकाधिकार र अप्राकृतिक मिलिमतो जस्ता घृणित कार्यहरु यस एशोसिएसनलाई सह्य नहुने र यस्ता प्रकारका व्यवसायी, कामदार र सरकारकै अहित हुने कार्यमा संलग्न जो कोहि पनि कारवाहीको दायराभित्र आउनुपर्ने हाम्रो ठहर छ ।'

अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा नेपाली दूतावासमा पेश भएका मागपत्र प्रमाणीकरण नहुँदा नेपाल कै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भिजिट भिसामार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेको उल्लेख छ । एसोसिएसनले बिज्ञप्ति मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तत्काल छानविन तथा अनुसन्धान गर्नुपर्ने ध्यानाकर्षण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य