2026-09-25 11:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा विदेश पठाउनेलाई कारबाही गर्ने एसोसिएसनको चेतावनी

मङ्सिर ८, काठमाडौँ | नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कामदारको लागि पेश भएका मागपत्र प्रमाणीकरण नगरिएको कारण अवैधानिक बाटोबाट भिजिट भिषामा विदेश जाने काम भईरहेको भन्दै ध्यानाकर्षण गरेको छ । 

एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै गत असार १४ गते नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको अवस्थामा अहिलेसम्म विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण शुरूवात नगरेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ ‘अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार विमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा कामदारहरुलाई कुनै भवितव्य पर्न गएमा कुनैपनि क्षेतिपूर्ति पाउने कानुनी प्रावधान नभएकाले ठगिमा पर्ने अत्याधिक सम्भावना हुने हुँदा यस्ता ऐन, नियम विपरितका कार्यलाई निरुत्साहन गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने र यदी कहिंकतै यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाइएमा त्यास्ता संस्थाहरु यस एशोसिएसनको सदस्य रहन नसक्ने तथा वैदेशिक रोजगार व्यवसायमा कुनै प्रकारको सिन्डिकेट एकाधिकार र अप्राकृतिक मिलिमतो जस्ता घृणित कार्यहरु यस एशोसिएसनलाई सह्य नहुने र यस्ता प्रकारका व्यवसायी, कामदार र सरकारकै अहित हुने कार्यमा संलग्न जो कोहि पनि कारवाहीको दायराभित्र आउनुपर्ने हाम्रो ठहर छ ।’

अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा नेपाली दूतावासमा पेश भएका मागपत्र प्रमाणीकरण नहुँदा नेपाल कै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भिजिट भिसामार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेको उल्लेख छ । एसोसिएसनले बिज्ञप्ति मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तत्काल छानविन तथा अनुसन्धान गर्नुपर्ने ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध