2026-09-05 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा टप ग्लोव्सका कम्पनी बन्द हुने, २ हजार भन्दा बढीमा कोरोना संक्रमण

मंसिर ९, काठमाडौँ |  मलेसियामा रहेको विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् | कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि कारखानाहरु अस्थायीरुपमा बन्द गरिने भएको हो |

ऐतिहासिक रुपमा धेरै नाफा कमाइरहेको सो कम्पनीका केहि कारखाना ठूलो संख्यामा श्रमिकहरुलाई कोभिड देखिएपछि बन्द गर्नुपरेको समाचार संस्था रोयटर्सले जनाएको छ | तत्काल  २८ वटा कारखाना बन्द हुने भएका छन | 

मलेसियाको स्वास्थ्य महानिर्देशक नुर हिसाम अव्दुल्लाका अनुसार ति कारखानामा काम गर्ने ५ हजार ७ सय ६७ जनाको परीक्षण गर्दा २ हजार ४ सय ५३ जना श्रमिकलाई कोभिड १९ को संक्रमण देखिएको  थियो | संक्रमित मध्ये  २ हजार ३ सय ६० जना विदेशी श्रमिक रहेको बताइएको छ | संक्रमण देखिएका सबैलाइ अस्पताल भर्ना गरिएको छ | 

स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै केहि समयका लागि ति कारखाना बन्द गरिने भएको सरकारी अधिकारीहरुले बताएका छन् | टप ग्लोव्स कम्पनीले गत बुधवार देखि नै आफ्ना १६ वटा कारखानाले तत्काल उत्पादन बन्द गरिसकेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल