२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित)

२०७७, ९ मंसिर मंगलवार १२:५१

मनोज पराजुली । मंसिर ९, काठमाडौं | वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको हो । म्यानपावर कम्पनीले विभागबाट डिमाण्डको पुर्व स्वीकृतिनै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिंदालिंदै गर्दा छापा मारेको हो ।

म्यानपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको पुर्व सूचनाका आधारमा विभागको एक टोली आकष्मिक अनुगमनमा पुगेको थियो । सो क्रममा मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै प्रि अन्तरवार्ता लिइरहेको अवस्थामा भेटिएको अनुगमन टोलीमा खटिएका विभागका अधिकृत कुशल बरालले साझा सवाललाई जानकारी दिए । 

भिडियो हेर्नुहोस् 


“हामीले म्यानपावरमा छापा मार्ने क्रममा अन्तर्वार्ताका लागि युवाहरुले भरेका फर्महरु समेत भेटेका छौं, अधिकृत बरालले साझा सबालसंग भने ‘कतार पुलिसका लागि अन्तर्वार्ता लिइएको भन्ने पुष्टि भएको छ, म्यानपावरका श्रम प्रतिनिधिले नै अन्तर्वार्ता लिइएको भनेर लिखित कागतमा हस्ताक्षर गरेका छन् ।” थप छानविनका लागि आवश्यक कागजात सहित म्यानपावर कम्पनीलाई विभाग उपस्थित हुन पत्र काटिएको उनले बताए ।

छापा मार्ने क्रममा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता बन्द गरेर म्यानपावर सञ्चालक, कर्मचारी र अन्तर्वार्तामा सहभागी विदेशी कार्यालयभित्र डेढ घण्टासम्म लुकेका छन् । विभागको अनुगमन टोली र प्रहरी टोलीलाई अटेर गर्दै अन्तर्वार्तामा सहभागी भएका विदेशीलाई म्यानपावरले लुकाएको थियो ।

विभाग टोलीलाई अटेर गरेपछि काठमाडौं महानगरका वडा प्रतिनिधि बोलाएर कार्यालय ढोका फोड्ने तयारी गरेपछि मात्र म्यानपावर कर्मचारीले ढोका खोलेका थिए । जव ढोका खोलियो त्यसपछि विभाग टोलीलाई आवश्यक कागजात लिएर छानविन गर्न सहज भएको थियो तर विभाग टोलीले कार्यालय भित्र छानविन गरिरहँदा रिपोटिंङ्ग गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले अवरोध गर्दै कार्यालय भित्र छिर्न दिइएन । 

केहि समस्य पश्च्यात विभाग टोलीले पत्रकारलाई भित्र बोलाएपनि सहज तरिकाले दृश्य लिने वातावरण बनाइएन । क्यामेरा पर्सन पत्रकारहरुलाई भित्र बोलाएर एक कोठामा राखेर अन्तर्वार्तामा सहभागी भएका विदेशीलाई अर्को कोठाबाट बाहिर निकालेर कुटनीतिक नियोगको गाडीमा विदेशलाई म्यानपावरबाट निस्कन  सहज बनाइएको थियो ।

विभागले हिजो मात्रै डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनुपर्छ । साथै त्यस डिमाण्डको लागि अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ । सो पश्च्यात मात्रै अन्तर्वार्ता लिन पाउने प्रावधान छ ।

कतारी पुलिसका लागि भन्दै सुरुमा महिनामा १ लाख र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै अहिले विभिन्न म्यानपावरमा यस्ता अन्तरवार्ता चलिरहेको जानकारी पाएपछि विभागले आकष्मिक अनुगमलाई तीव्र पारेको छ ।

सिन्डिकेटको झल्को !

तीन महिनाअघि देखिनै कतारमा श्रमिक पठाउने काममा सीमित म्यानपावर मात्रै सहभागी हुन पाउने गरी सिन्डिकेट लाद्न खोजिएको चर्चा चलेको थियो । संसदीय समितिले पनि सरकारलाई यसबारे छानविन गर्न भनेको छ । यही बेला भटाभटी कतारको रोजगारीका लागि भन्दै अवैध रुपमा अन्तरवार्ता लिने काम चलिहरेको पुष्टि भएको छ ।

होप इन्टरनेशनल, अल-थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल-रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेट लाद्न खोजिएको आरोप अन्य व्यवसायीले लगाउँदै आएका छन् ।

आज यसै विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायीसंघले कतार पुलिसको नाममा भईरहेको गोप्य अन्तर्वार्ताको विरोध गर्दै वैदेशिक रोजगार विभागले गरेको कामको समर्थन गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ