२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

२०७७, ९ मंसिर मंगलवार १७:११

मङ्सिर ९, काठमाडौँ | कतार पुलिसमा नेपाली नागरिकको भर्ना र सोका लागि भएको अन्तर्वार्ता लगायतको विषयमा आफ्नो कुनै संलग्नता नभएको नेपालस्थित कतार दूतावासले बताएको छ । 

दूतावासले “नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केहि म्यानपावर कम्पनीले कस्तो तालिम उपलव्ध गराएका छन् र भर्ना हुन चाहनेहरु शारिरीक र मानसिक रुपमा कत्तिको स्वस्थ छन् भनेर मेनपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय भएका कारण दूतावासले सवारी साधन उपलव्ध गराएको” बताएको छ । कतार पुलिसका लागि कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता नरहेको दूतावासको भनाई छ ।

यसअगाडी नेपालमा रहेका केहि मेनपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागसँग पूर्व स्वीकृति नै नलिई कतार पुलिसमा भर्नाका लागि भन्दै सयौं युवा जम्मा पारेर अन्तर्वार्ता गरेका थिए । राजधानीका ठूला तीनवटा मेनपावर कम्पनीमा सोमवार र मंगलवार वैदेशिक रोजगार विभागले आकस्मिक अनुगमन गर्दा सयौं युवालाई अन्तर्वार्तामा बोलाइएको फेला परेको थियो । त्यसमध्ये केहि मेनपावर कम्पनीको अन्तर्वार्तामा नेपालस्थित कतार दूतावासको गाडी समेत प्रयोग भएको फेला परेपछि दूतावास समेत विवादमा तानिएको छ । सोही विषयमा कतार दूतावासले सो घटनामा आफूले “आफ्ना नागरिकलाई राज्यको निकायका रुपमा सवारी साधन उपलव्ध गराएपनि श्रमिक छनौट प्रकृयामा आफ्नो कुनै संलग्नता नभएको” तर्क गरेको हो ।


कतारको रोजगारीमा नेपाली नागरिकलाई पठाउन सिमित मेनपावर कम्पनीलाई अनुमति दिएर सिण्डिकेट लाद्न खोजिएको भन्ने समाचार सार्वजनिक भइरहेको समयमा तिनै मेनपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति विना नै अन्तर्वार्ता गरेपछि विवाद चर्केको छ । यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत विज्ञप्ती प्रकाशित गरि विरोध जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ