२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

९ मंसिर २०७७, मंगलवार १७:११

मङ्सिर ९, काठमाडौँ | कतार पुलिसमा नेपाली नागरिकको भर्ना र सोका लागि भएको अन्तर्वार्ता लगायतको विषयमा आफ्नो कुनै संलग्नता नभएको नेपालस्थित कतार दूतावासले बताएको छ । 

दूतावासले “नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केहि म्यानपावर कम्पनीले कस्तो तालिम उपलव्ध गराएका छन् र भर्ना हुन चाहनेहरु शारिरीक र मानसिक रुपमा कत्तिको स्वस्थ छन् भनेर मेनपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय भएका कारण दूतावासले सवारी साधन उपलव्ध गराएको” बताएको छ । कतार पुलिसका लागि कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता नरहेको दूतावासको भनाई छ ।

यसअगाडी नेपालमा रहेका केहि मेनपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागसँग पूर्व स्वीकृति नै नलिई कतार पुलिसमा भर्नाका लागि भन्दै सयौं युवा जम्मा पारेर अन्तर्वार्ता गरेका थिए । राजधानीका ठूला तीनवटा मेनपावर कम्पनीमा सोमवार र मंगलवार वैदेशिक रोजगार विभागले आकस्मिक अनुगमन गर्दा सयौं युवालाई अन्तर्वार्तामा बोलाइएको फेला परेको थियो । त्यसमध्ये केहि मेनपावर कम्पनीको अन्तर्वार्तामा नेपालस्थित कतार दूतावासको गाडी समेत प्रयोग भएको फेला परेपछि दूतावास समेत विवादमा तानिएको छ । सोही विषयमा कतार दूतावासले सो घटनामा आफूले “आफ्ना नागरिकलाई राज्यको निकायका रुपमा सवारी साधन उपलव्ध गराएपनि श्रमिक छनौट प्रकृयामा आफ्नो कुनै संलग्नता नभएको” तर्क गरेको हो ।


कतारको रोजगारीमा नेपाली नागरिकलाई पठाउन सिमित मेनपावर कम्पनीलाई अनुमति दिएर सिण्डिकेट लाद्न खोजिएको भन्ने समाचार सार्वजनिक भइरहेको समयमा तिनै मेनपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति विना नै अन्तर्वार्ता गरेपछि विवाद चर्केको छ । यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत विज्ञप्ती प्रकाशित गरि विरोध जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य