साउन १७, धनगढी । वर्षौंदेखि बिनादर्ता सञ्चालनमा रहेका कैलालीका ३२ वटा भुसी इँटाभट्टा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । 

औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भुसी इँटा उद्योगलाई २०७३ माघसम्म आधुनिक प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, धनगढी । वर्षौंदेखि बिनादर्ता सञ्चालनमा रहेका कैलालीका ३२ वटा भुसी इँटाभट्टा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । 

औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भुसी इँटा उद्योगलाई २०७३ माघसम्म आधुनिक प्"/>

2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भुसी इँटा उद्योग दर्ता हुन थाले

साउन १७, धनगढी । वर्षौंदेखि बिनादर्ता सञ्चालनमा रहेका कैलालीका ३२ वटा भुसी इँटाभट्टा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । 

औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भुसी इँटा उद्योगलाई २०७३ माघसम्म आधुनिक प्रविधिमा रुपान्तरण हुने गरी प्रक्रिया पु¥याएर दर्ता गर्न गरेको नीतिगत निर्णयपछि भुसी इँटा उद्योग दर्ता गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिलीप चन्दले बताए । 

भुसी इँटा उद्योग दर्ताका लागि कानुनी व्यवस्था अस्पष्ट रहेको कारणले पनि यसअघि उद्योग दर्ता हुन नसकेको बताइन्छ । उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयमा परेका निवेदनका आधारमा प्रारम्भिक वातावरणीय परीक्षणका लागि लेखी पठाइएकामा गएको आवमा ३२ उद्योग दर्ताका लागि उद्योग विभागले स्वीकृति दिएको बताइएको छ । 

दर्ताका लागि कार्यालयमा जिल्लाका ५० भन्दा बढी उद्योगका सञ्चालकले निवेदन दिएका थिए । तोकिएको समयभित्र दर्ता नभएका जिल्लाका अन्य भुसी इँटा उद्योग अब दर्ता गर्न कानुनी समस्या हुने कार्यालय प्रमुख चन्दले बताउनुभयो । औद्योगिक प्रवद्र्धन बोर्डले बनाएको मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेका भुसी इँटा उद्योगको स्थलगत निरीक्षण गरी नियमानुसार उद्योग दर्ता गर्न घरेलु तथा साना उद्योग विभागलाई दुई वर्षअघि निर्देशन दिएको थियो । 

बिना मापदण्ड मानवबस्ती आसपासमा भुसी इँटा उद्योग स्थापना गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो छ । यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिज तत्व कोइला, दाउरा आफूहरुले प्रयोग नगरी केवल जैविक भुसी (धानको भुस) प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगका सञ्चालकको छ । कैलालीमा मात्रै बिनादर्ता सञ्चालनमा करिब २०० भन्दा बढी इँटा उद्योग रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई