साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ । 

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ । 

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्ल"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसानलाई तरकारी ढुवानी गर्न समस्या

१७ श्रावण २०७३, सोमबार १०:२५

साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ । 

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सकिएको छैन । जिल्लाका पूर्वी भेगका बाकामलाङ, सहलकोट, गाडाकोट, मित्याल, झिरुवास, गल्धा, सिलुवा, गेझा, तनहुँको गजरकोट, स्याङजाको चापाकोट, सेखाम, साँखरका किसानले उत्पादन गरेका तरकारी, गेडागुडी, फलफूल बजारसम्म पु¥याउन सकिएको छैन । 

पछिल्लो समय तरकारीबाटै आत्मनिर्भर वनेका यस क्षेत्रका किसान वर्षाका कारण सामान बिक्री गर्न नपाउँदा समस्यामा परेका छन् । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको सहलकोट भाङबारीका ५० जना व्यावसायिक किसानले रामपुरको बेझाड बजारमा तरकारी ढुवानी गर्न नसक्दा त्यत्तिकै खेर गएको अगुवा कृषक हीराबहादुर रानाले बताउनुभयो । 

“गत महिना तरकारी बेचेर रु एक लाख बराबरको आम्दानी गरेको थिएँ, अहिले तरकारी नै बेच्न पाइएन,” उहाँले भन्नुभयो । उहाँले अहिले १० रोपनी जग्गामा गोलभेँडा, खुर्सानी, सिमी जातका तरकारी लगाउनुभएको छ । यस क्षेत्रमा मात्रै दैनिकजसो तीन क्विन्टलभन्दा बढी तरकारी उत्पादन हुने गरेको नमुना कृषि समूहका अध्यक्ष यमबहादुर मश्राङ्गीले बताउनुभयो । 

त्यस्तै गजरकोट तनहुँका किसानले पनि बाटोकै कारण रामपुरको बजारमा तरकारी पु¥याउन नसक्दा घरमै कुहिएको छ । बाटोकै कारणले ग्रामीण सडक सञ्चालन नहुँदा प्रत्यक्ष रुपमा किसान मारमा परेको कृषि सेवा केन्द्र रामपुरका प्रमुख नवराज घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै