2026-06-16 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतार पुलिसको आकर्षक तलब छ भन्दैमा पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता गर्न मिल्छ र ?’

मंसिर ११, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारलाई धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा अग्र पङतिमा रहेर प्रतिवाद गर्ने बताएका छन् । केहि समय अघिदेखि कतार रोजगारीको सिन्डिकेटको लागि १७ म्यानपावर छानिएका समाचार आएका र अहिले तिनै म्यानपावरबाट विभागको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता भएको भन्दै अध्यक्ष गुरुङले भने 'मेरो कसैसंग आग्रहपुर्वाग्रह छैन, तर  वैदेशिक रोजगारलाइ धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा म अग्र पङतिमा रहनेछु ।' 

एसओएस र डीडी ह्युमन रिसोर्स र  होप इन्टरनेशनलले कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिएका थिए । सोहि क्रममा वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा हानेको थियो । कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिने र अटेरी गर्ने बिभिन्न तीन म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ । 

सोमबार छापा मारिएको एसओएस र डीडी ह्युमन रिसोर्स र मंगलबार छापा हानिएको होप इन्टरनेशनलको वैदेशिक रोजगारमा पठाउने सम्पूर्ण प्रक्रिया रोक्का गरिसकेको विभागले जनाएको छ । 

तीन म्यानपावरका गतिविधिलाई लिएर निवर्तमान अध्यक्ष गुरुंङले आम व्यवसायी माझ ७ बुंदे आफनो धारणा सार्वजनिक गरेका छन् । आकर्षक तलब छ भने पुर्व स्वीकृति बिना अन्तरबार्ता गर्न मिल्छ र ? उनले भनेका छन् 'व्यावसायीले बजार प्रवर्धन गर्न गन्तब्य मुलुकको कम्पनी पुग्नु पर्नेमा नेपालमा रहेका कुटनैतिक नियोग पुगि चाकरी, हिलामोजा ,अव्यवहारिक र शंकास्पद सम्बन्ध राखेर लिस्ट बनाइ सिन्डिकेट गर्नु ठिक हो ? यदि दूतावास सम्मिलित सिन्डिकेट होइन भने त्यो लिस्ट भित्रको म्यानपावरमा मात्र अन्तर्वार्ता किन ?'

१७ म्यानपावारको लिष्ट अनुसार  कतारमा हाललाई सेक्युरिटी गार्ड पठाउन र भविश्यमा विश्यकपको लागि चाहिने हजारौं स्टडियम क्लिनर, हजारौं स्टडियम गार्ड, सिभिल गार्ड लगाएत कामदार लैजान दूतावासको हस्तक्षेप रहने प्रमाणित भएको छैन र ? भन्दै उनले भने 'कुनै बिदेशी दूतावासका राजदुत र कर्मचारी ब्यक्तिगत डिनर आयोजना गर्दै म्यानपावर व्यावसायीसग मजबुत सम्बन्ध बनाइ रेक्रुटिङ बिज्नेससग जोडिनु ठिक हो ?' 

'दुई म्यानपावरमा पुर्व स्वीकृति नलिएको कारण विभागको छापा भन्ने खबर थाहा हुँदाहुदै होप ईन्टरनेशनलमा दूतावासको निलो प्लेटको गाडी देखिनु र सो म्यानपावरबाट पुर्व स्वीकृति बिना अन्तरवार्ता गर्न मिल्छ र ? कुटनैतिक नियोगको गाडी म्यानपावरमा तेर्साएर नेपालको ऐन कानुनको धज्जी उडाउन मिल्छ र ? भन्दै उनले आक्रोश पोखेका छन् ।' 

'दूतावासहरु म्यानपावार छान्न प्रभाव र प्रलोभनमा परेर रोजगारदाता कम्पनी र म्यानपावार बिच सम्पर्क गराउने एजेन्ट बन्न लागेको स्पस्ट भएको छैन र? नोकरी र ब्यापार हामीलाई चाहियो भन्दैमा दूतावासले जे गरे पनि गिजा देखाएर बस्नु पर्ने हो र ?' भन्दै उनले आम व्यवसायी यस विषयमा चासो राख्नुपर्ने बताएका छन् ।

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित)

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ