२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

१२ मंसिर २०७७, शुक्रबार ०८:२८

मङ्सिर १२, भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन  १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । 

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनका मेकानिकल इञ्जिनीयर अमित सिंहले बताउनुभयो । 

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । 

यस कम्पनीले दुई वर्षअघि नै रु २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युत्गृह निर्माण गरिएका छन् । 

आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । आयोजनको काम समयमा नहँुदा लागत अनुमान बढेको बताइएको छ । 

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएतापनि प्रसारण लाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ । आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ । 

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनीयर सिंहले बताउनुभयो । 

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह