२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

२०७७, १२ मंसिर शुक्रबार ०८:२८

मङ्सिर १२, भीमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन  १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । 

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनका मेकानिकल इञ्जिनीयर अमित सिंहले बताउनुभयो । 

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । 

यस कम्पनीले दुई वर्षअघि नै रु २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युत्गृह निर्माण गरिएका छन् । 

आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । आयोजनको काम समयमा नहँुदा लागत अनुमान बढेको बताइएको छ । 

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएतापनि प्रसारण लाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ । आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ । 

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनीयर सिंहले बताउनुभयो । 

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए