2026-06-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

2020-11-29

मङ्सिर १४, कैलाली | विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । 

पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर  कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै न कुनै बहानामा आफूहरुले शिक्षकबाट सजाय पाउने क्रम जारी नै रहेको बताउँछन् । 

“लठ्ठीले पिट्ने काम त गर्नुहुन्न तर कान निमोठ्ने, पिठ्युँमा हान्ने, आँखा तर्ने, केही समय उभ्याउने काम गर्नुहुन्छ”, अनिल भन्छन्, “गृहकार्य नगर्ने विद्यार्थीले यस्ता सजाय दिनहुँ जस्तै पाउँछन् । पिट्ने कार्य नभए पनि अन्य खालको सजाय भने पाइरहका छौँ ।”

टीकापुरकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई पनि विद्यालयमा सजायको स्वरूपमात्र परिवर्तन भएको जस्तो लाग्छ । उनको विद्यालयमा पनि विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर निकालिदिने, अरु साथीको अगाडि बेइज्जत गर्ने जस्ता कार्य शिक्षकबाट भइरहन्छन् । “शिक्षकले राम्रो पढ्ने विद्यार्थीसँग तुलना गर्छन्, कहिलेकाहीँ गल्ती गरेमा सबैको अगाडि भन्ने, प्रशासनमा लगेर गाली गर्ने काम भइरहन्छ”, छात्राको अनुभव छ ।

शिक्षकले पिट्दा नजानेका कुरा सोध्न गाह्रो हुने, पढ्नै मन नलाग्ने जस्ता अनुभव पनि विद्यार्थीहरु सुनाउँछन् । सरस्वती माध्यमिक विद्यालय बनगाउँकी छात्रा सुस्मिता चौधरीले विद्यालयमा सजाय विनाको वातावरण विद्यार्थीले खोज्न थालेको बताए । “कमजोर विद्यार्थीलाई त्यत्तिकै पनि विद्यालय जान मन लागेको हुँदैन, त्यसैमाथि सजाय पाएमा पढाइ छोड्ने जोखिम बढी हुन्छ”, छात्रा चौधरी भन्छन्, “पिट्ने वा सजाय दिनुभन्दा कमजोर विद्यार्थी, रिसालु विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था हुनुपर्छ ।”

विद्यार्थीलाई कुट्नुपर्छ वा म कुट्छु भनेर शिक्षकले सार्वजनिक रूपमा नस्वीकारे पनि विद्यार्थीलाई सजाय नदिने शिक्षक कमै छन् । सरस्वती माविका शिक्षक रामलाल चौधरीले पिटाइ खाने विद्यार्थी शुरुमा कक्षा छोड्ने र विस्तारै पढाइ नै छोड्नसक्ने जोखिम रहेको बताए । विगतमा दिइने सजायलाई हेर्ने हो भने अहिले सजाय कम भएको अभिभावकको अनुभव छ । अभिभावक कमला सेठ्ठी करिब १८ वर्ष पहिले विद्यालयमा पढ्दा कक्षामा गृहकार्य नगर्ने, नियमित विद्यालय नआउने र सानो गल्ती गर्दा पनि विद्यार्थीलाई कठोर सजाय दिएको सम्झन्छन् । “शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको, अङ्गभङ्ग भएको घटना मलाई अहिले पनि याद छ”, उनी भन्छन्, “तर आजभोलि विद्यालयमा कुटेर पिटेर पढाउनेभन्दा सम्झाईबुझाई पढाउने अभ्यास शिक्षकले गरिरहेका छन् । यो विस्तारै परिवर्तन हुँदै गएको छ ।”

बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थानमा शारीरिक, मानसिक यातना दिनु कानूनी अपराध हो । युनिसेफले सन् २०१४ मा गरेको सर्वेक्षणअनुसार नेपालमा एक वर्षदेखि १४ वर्ष उमेरसम्मका ८० प्रतिशतभन्दा धेरै बालबालिका अनुशासनका नाममा हुने हिंसाबाट प्रभावित हुने गरेका छन् । नानीबाबुलाई घर, समाज र विद्यालयमा बल प्रयोग गरेर अनुशासनमा राख्नु गलत भएको टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीको भनाइ छ । “विद्यालयमा बालबालिकामाथि गरिने व्यवहारले उनीहरुको जीवनमा नकारात्मक असर पर्छ”, शिक्षा अधिकृत चौधरी भन्छन्, “पछिल्लो समय विद्यालयमा दिइने सजाय अन्त्य गर्न शिक्षकलाई बाल मनोविज्ञान, बालमैत्री व्यवहारसम्बन्धी ज्ञान, सीप र तालिम दिन थालेका छौँ । विद्यार्थीलाई सजाय नदिइकन पढाउन सरकारले नीतिगतरूपमै कडाइ गरेको छ ।”

चौधरी विद्यालयमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेमा वा अन्य कुनै दुव्र्यवहार भएमा विद्यार्थीले गुनासो गर्न सहज होस् भनी सबै विद्यालयमा ‘सुझाव पेटिका’ राख्ने व्यवस्था मिलाइएको बताउँछन् । “किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम लागू गरेका छौँ, गुनासो सुन्न शिक्षक तोकेका छौँ”, उनले भने, “एक बालक, एक बालिालाई साथी शिक्षक बनाएका छौँ । यसले बालबालिकामाथि विद्यालयमा हुने हिंसा न्यूनीकरणमा सहयोग गर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी