2026-09-05 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशियामा विदेशी श्रमिक बस्ने होष्टेलको अवस्था सुधार गर्नु पर्ने माग,साँघुरो कोठामा धेरै बस्नुपर्ने

मंसिर १५, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमण मलेसियामा पनि बढ्दै गएको भन्दै विदेशी श्रमिक बस्ने होष्टलको अवस्था तत्काल सुधार गर्नुपर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् | कोभिड फैलिनुकोकारण साँघुरो कोठामा धेरै बस्नुपर्ने भन्दै तत्काल सुधारको माग गरेका हुन् |

यसअघि मलेसिया सरकारले कोभिड संक्रमण बढ्दै गएको भन्दै विदेशी श्रमिकको अनिवार्य कोरोना परिक्षण गर्ने बताएको थियो | आप्रवासी कामदारको आवास सम्बन्धि व्यवस्थामा तत्काल सुधार गर्नुपर्ने मलेशियाका स्वास्थ्य महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहले बताएका छन् |

उनले साँघुरो र भिडभाडयुक्त विदेशी श्रमिक बस्ने होष्टलहरुमा छिट्टै सुधार गर्न बताएको स्थानीय संचारमाध्यमहरुले लेखेका छन् | पछिल्लो समय मलेसियामा धेरै आप्रवासी कामदारहरुमा कोरोना संक्रमण देखिएको भन्दै उक्त आवास व्यवस्था सुधार गर्नुपर्ने माग उठिराखेको छ |

मानव संशाधन मन्त्रालयले होष्टल सञ्चालको न्यूनतम मापदण्ड पुरा नगर्ने रोजगारदातालाई कारवाही गर्नेगरी गरेको व्यवस्थामा मन्त्रालय सहमत भएको उनको तर्क छ | उनले कोभिड-१९ को संक्रमणका विविध कारणहरु रहेको भन्दै अव्यवस्थीत होष्टल, व्यक्तिगत सरसफाइमा ध्यान नदिनु, कार्यथलो र होष्टलको वातावारण मुख्य रुपमा जिम्मेवार रहेको बताए |

यसअघि नै मलेसियामा विदेशी श्रमिकहरुमा कोरोनाभाइरसको सङ्क्रमण उच्च देखिएपछि केहि कारखानाहरु बन्द समेत गरिएका थिए | यसैक्रममा मेडिकल ग्लोव्स उत्पादनमा विश्वकै ठूलो मध्येको एक टप ग्लोव्सका केहि कारखानाहरु बन्द भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल