2026-09-05 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार दमाममा राहादानी संकलन गर्ने

मङ्सिर १६, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार (०४ डिसेम्बर २०२०) मा दमाममा अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दुतावासले यसअघि उपलब्ध गराएको अनलाइन प्रणालीमा फारम भरि नाम टिपाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय संचालन गर्न लागिएको जनाइको छ ।

दमामको मुगल रेस्टुरेन्ट  दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै अस्थायी कार्यलय राखेर बिहान ८ बजे देखि सेवा दुतावासले जनाएको छ । राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा साथमा ल्याउनुपर्ने कागजातहरूमा सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति र नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) रहेको छ । 

राहदानी दस्तुर साउदी रियाल २ सय र हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल ४ सय लाग्ने दुतावासले जनाएको छ ।  दुतावासले अनलाइन फाराम भर्ने सेवाग्राहीहरूको सूचीसमेत सार्वजनिक गरेको छ । 

कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएको दुतावासले जनाएको छ । एक घण्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो सिरियल नम्बर बमोजिम आ-आफ्नो समयमा मात्र राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुन दुतावासले अनुरोध गरेको छ । यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउनु हुन समेत दुतावासले अनुरोध गरेको छ ।

साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ । तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6  लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन दुतावासले पुनःअनुरोध गरेको छ ।

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको हो । राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आगामी डिसेम्बर ११ मा जुवेलमा पनि अस्थायी कार्यालय सञ्चालन गरिने दुतावासले जनाएको छ ।

अनलाइन फारम भर्नेहरुको नामावली 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल