पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कमल रावल | मंसिर १६, अछाम | </b>अछाम जिल्लामा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ । गएराति १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिए |<br></p><p>हिजो सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४-५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछि करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको डाक्टर भारद्धाजले बताए |</p><p>छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पुरयाईसकेपछि रक्तश्राव हुदा हुदै रगतको निकै अभाब हुदा रगतको ब्याबस्थान गर्दा गर्दै सुत्केरी महिलाको ज्यान बचाउन नसकीएको उनले बताए | उनका अनुसार नामसराको पेटको बच्चाको पहिले नै मृत्यु भईसकेको थियो |</p>

