२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा काठमाडौं उपत्यकाका विद्यालय खोलिने

२०७७, १६ मंसिर मंगलवार ०६:४७

मङ्सिर १६, ललितपुर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।

जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।” 

अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । महालक्ष्मी नगरपालिकामा कोरोना जोखिम अझै रहँदा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको शिक्षा शाखा प्रमुख सुनिता योङहाङले बताउनुभयो ।

गोदावरी नगरपालिकाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक २० गते निर्णय गरेको विद्यालय सञ्चालन कार्याढाँचा, २०७७ मा उल्लेखित प्रावधानलाई पूर्णपालना गर्दै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी पठनपाठन गर्ने र गराउने भनी अनुरोध गरिसकेको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कम विद्यार्थी भएका विद्यालयमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न लगाउने, सम्भव भएका विद्यालयमा वैकल्पिक प्रणाली अपनाउने र सम्भव नभएका विद्यालयमा उपयुक्त सिकाइ विधि पालना गर्नेछौं  ।”

दक्षिण ललितपुर वाग्मती गाउँपालिका शिक्षा समिति बैठकले सम्भव भएका कुरालाई पालना गरेर अघि बढ्न आग्रह गरिसकेको शिक्षा शाखा प्रमुख शेषकान्त पौडेलले बताउनुभयो । महाँकाल गाउँपालिकामा विद्यालय खोल्ने निर्णय भइसकेको छैन । मन्त्रालयले जारी गरेको निर्देशिकाबमोजिम आफ्नो अनुकूलताअनुसार विद्यालय खोलिने भएको शिक्षा शाखा प्रमुख ओमप्रसाद जोशीले बताउनुभयो ।

कोञ्ज्योसोम गाउँपालिकामा विद्यार्थी सङ्ख्या र कक्षाकोठाअनुसार अध्ययन र अध्यापनलाई अघि बढाइरहेको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्भव भएका विद्यालय कहीँ बिहान, कहीँ दिउँसो र कुनै स्थानका विद्यार्थीलाई दुईदेखि तीन घण्टा मात्र भए पनि सिकाइरहेका छौं ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु