2026-09-13 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको ‘आई लभ यु बुढी गुट नाइट’ अभियान

मङ्सिर १७, स्याङ्जा | स्याङ्जामा प्रहरीले नयाँ अभियान चलाएको छ । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नयाँ अभियान शुरु गरेका छन् ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जान्छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै यस्तो अभियान लगाएको एसपी बोगटीले जानकारी दिए । बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान शुरु गरिएको छ ।

परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको छ । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । घर–परिवारसँग राम्रो सम्बन्ध भएन भने उत्साहका साथ काम गर्ने जाँगर नआउने भन्दै यसो गरिएको उनले दाबी गरे ।

यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उनले बताए ।

यति मात्र होइन, उनका अनुसार महिनैपिच्छे दुई दिन बिदामा घर जान पाइने र घर टाढा हुनेले बढीमा ६ महिनामा घर बिदामा जानैपर्ने, एकमुष्ट ६ महिनामा जाँदा १८ दिन बिदा पाइने पनि उनको भनाइ छ । २/३ वर्ष घर जान नपाउने र कहिलेकाहीं मात्रै फोन गर्दा परिवारसँगको सम्बन्धमा निकटता नहुने भन्दै पारिवारिक निकटताका लागि यसो गरिएको बोगटीको तर्क थियो ।

पारिवारिक सम्बन्ध राम्रो भए/नभएको दैनिक फोन गरेको/नगरेको वा बिदामा घर गएको नगएको चेक गर्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार जिल्लामा कार्यरत प्रहरी कर्मचारीको पारिवारिक सम्बन्ध राम्रो पाएको बताए ।

पारिवारिक सम्बन्ध राम्रो नहुँदा हातहतियार आफैसँग हुने प्रहरीहरुले ती यन्त्र आफैमाथि प्रयोग गरेका समाचार कहिलेकाहीं सुनिने गरिन्छ । पारिवारिक सम्बन्धका कारण प्रहरी जवानहरुले आत्महत्या गर्ने प्रवृत्ति पनि रोकिएर जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन