२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन म्यानपावर कम्पनी ६ महिना निलम्बन, थप कारवाही तीनदेखि सात वर्षसम्म कैद हुनसक्ने

१७ मंसिर २०७७, बुधबार १६:१४

मङ्सिर १७, काठमाडौँ | गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । 

विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डिडी ह्युमन रिसोर्स प्रालि लाई विभागले ६ महिना निलम्बन गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी टीकामणि नेउपानेका अनुसार, तीनवटा कम्पनीलाई पहिलो कारबाहीस्वरुप सबै कारोबार रोक्का गरी निलम्बन गरिएको हो । उहाँका अनुसार, गोप्य अन्तर्वार्ता सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश भएपछि ऐनमा व्यवस्था भएअनुसार थप कारबाही हुनेछ । 


वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि ६ महिना निलम्बन गरिएको विभागले जनाएको छ । ऐनमा कारबाहीस्वरुप रु तीनदेखि रु पाँच लाखसम्म जरिवाना र ३ वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था रहेको छ । 

वैदेशिक रोजगार व्यवसायीको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले तीन कम्पनीले गैरकानूनी काम गर्दा सम्पूर्ण व्यवसायीले लज्जा महसुस गरेको भन्दै साधारण सदस्यताबाट हटाएको छ । केही दिनअघि बसेको बैठकले उक्त कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी खारेज गर्ने निर्णय भएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले निर्णय गरेपछि कम्पनीलाई पत्र पठाउन बाँकी रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य