2026-09-25 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार भिसा सेन्टर मङ्सिर २५ गतेदेखि खुल्दै, अपईन्टमेन्ट बुकिङको कार्य सुरु

मङ्सिर १९,काठमाडौं | नेपाल स्थित कतार भिसा सेन्टरको अपेरसन कार्य १० डिसेम्बर (मङ्सिर २५) देखि देखी पुनःसुरु हुने भएको छ । 

कतार भिषा सेन्टरले दिएको जानकारी अनुसार कतार भिषा सेन्टरले अहिले अपईन्टमेन्ट बुकिंगको कार्य सुरु गरेको जनाएको छ । सेन्टरले एक सूचना जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ ‘कतार भिसा सेन्टरले कुनै किसिमको रोजगारी प्रस्ताव गर्दैन । कतार भिसा सेन्टरको भूमिका भनेको भिसा स्विकृती गर्नको लागी आवस्यक कानुनी सेवा प्रदान गर्नु मात्र हो । तर पनि बाहिरी एजेन्ट र कतार भिसा सेन्टरका प्रतिनिधिहरुबाट हुनसक्ने कपट्पूर्ण र काल्पनिक रोजगारिको प्रस्ताबहरुप्रती सावधान हुनुहोला ।’ 

पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने  एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ । 

तस्वीर: अनिल अधिकारी | सास

कतार भिषा सेन्टर काठमाडौं महानगरपालिका ४ महाराजगञ्जमा रहेको छ । सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिँदै आएको छ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउछन् ।

यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुन्छन् । नेपालमा भिषा सेन्टर हुनुअघि माथिका सबै काम कतारमा हुने गर्थे। अहिले यी सबै काम नेपालबाट पूरा हुन्छन्, जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने वयवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक