2026-10-23 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

स्थानीय पाठ्यपुस्तक तयार

सुभानु आचार्य । मङ्सिर २१, ललितपुर । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ ।  नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो ।

नपाले कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा स्थानीय विषयको पाठ्यक्रम मस्यौदा २०७६ समेत तयार गरिसकेको छ । यसैगरी नपाले कक्षा १ र ८ का विद्यार्थीका लागि ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका’ नामक पुस्तक प्रकाशन गरिसकेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसवर्ष हामीले ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका–कक्षा १’ का साथै ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका कक्षा ८’ को पुस्तकमा नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिकलगायतका विषय समेटेर पुस्तक तयार गरिसकेका छाँै, यसै शैक्षिक सत्रदेखि यी पुस्तक अध्ययन अध्यापनका लागि शिक्षकलाई तयार पनि गरिसक्यौं ।” 

यसैगरी नपाले आउँदो वर्ष कक्षा २ र कक्षा ७ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार गर्ने निर्णय गरिसकेको छ । सबै कक्षाका लागि एकैपटक पाठ्यपुस्तक तयार गर्न सम्भव नभएकाले वर्षैपिच्छे तयार गर्दै जाने योजना महालक्ष्मीको रहेको श्रेष्ठले जानकारी गराउनुभयो । 

नपाले यस शैक्षिक सत्रमा जोर बिजोर प्रणाली तथा रोलनम्बर अनि विद्यार्थी सङ्ख्यालाई प्रतिशतका आधारमा छुट्ट्याएर कक्षाका आकार वा कुर्चिका आधारमा भौतिक दूरी कायम गराएर भए पनि पठनपाठन पुनः सञ्चालन गराउने विषयमा छलफल गरिरहेको श्रेष्ठको भनाइ थियो । 

दक्षिण ललितपुरको महाङ्गाल गाउँपालिकाले गतवर्ष देखि नै ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था’को सहयोगमा ऊर्जा सम्बन्धित स्थानीय पाठ्यपुस्तक पठनपाठन गराइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्म अध्यापन भइरहेको २० पूर्णाङ्कको पाठ्यपुस्तक गत वर्षको एक शैक्षिक सत्रमा पढाइसकेर यस वर्षको शैक्षिक सत्रमा समेत पढाइरहेका छाँै ।” तिहार सकिएलगत्तै गाउँपालिकाका सबै विद्यालय सञ्चालन भइरहेका दाहालले जानकारी गराउनुभयो । 

गोदावरी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गर्न यसवर्ष बजेट बिनियोजना गरिसकेको जनाएको छ । गोदावरीका जातजाति, धर्मसंस्कृतिको विषयमा समेटिएको पुस्तक आउँदो नयाँ शैक्षिक सत्र २०७८ सालबाट शुरु गर्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । 

वाग्मती गाउँपालिकाले सो पाठ्यपुस्तक तयार गर्न यसवर्ष बजेट विनियोजन गरिसकेको जनाएको छ । गाउँपालिकामा विद्यार्थीलाई कस्तो शिक्षाको आवश्यकता परेको छ भनी पहिचान गरेर मात्रै कृषि, पर्यटन, संस्कृति वा भौगोलिक आधारमा पुस्तक तयार गरिने वडा नं २ माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार चौलागाईंले बताउनुभयो ।

मङ्सिर महिना लागेसँगै वाग्मतीमा बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म विद्यालय खुलिरहेको चौलागाईँले जानकारी गराउनुभयो । कोञ्ज्योसोम गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । 

कोञ्ज्योसोममा तामाङ जातीको बाहुल्य रहेको हुँदा यसै अनुसार पाठ्यपुस्तक तयार गर्ने भन्ने विषयमा कुरा अघि बढिरहेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताउनुभयो । 

यसैगरी ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल भइनसकेको जनाएको छ । मुलुकमा फैलिरहेको कोरोना कहरका कारण यस विषयमा सम्बन्धित निकायसँग छलफल नै गर्न बाँकी रहेको हुँदा कुन विषय पढाउन उचित भन्ने टुङ्गो नभइसकेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “ महानगरपालिकामा एक चरणको बैठकबसी त्यसपछि शिक्षाविद्सँग छलफल गरेर मात्र यसतर्फ ध्यान दिनेछौं ।” 

महानगरपालिकामा दिनानुदिन बढ्दो कोभिडका कारण विद्यालय कहिलेबाट खोल्ने भन्नेसमेत निश्चित भइनसकेको महर्जनले  जानकारी गराउनुभयो । ललितपुरका २९ वडामा विभिन्न जातजाति र भाषाभाषीका विद्यार्थी हुँदा जात्रापर्व, कला र संस्कृति अथवा अन्य कुनै विषयमा भए पनि पुस्तक प्रकाशन हुनसक्ने शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर श्रेत्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने