2026-09-08 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

स्थानीय पाठ्यपुस्तक तयार

सुभानु आचार्य । मङ्सिर २१, ललितपुर । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ ।  नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो ।

नपाले कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा स्थानीय विषयको पाठ्यक्रम मस्यौदा २०७६ समेत तयार गरिसकेको छ । यसैगरी नपाले कक्षा १ र ८ का विद्यार्थीका लागि ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका’ नामक पुस्तक प्रकाशन गरिसकेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसवर्ष हामीले ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका–कक्षा १’ का साथै ‘हामी र हाम्रो महालक्ष्मी नगरपालिका कक्षा ८’ को पुस्तकमा नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिकलगायतका विषय समेटेर पुस्तक तयार गरिसकेका छाँै, यसै शैक्षिक सत्रदेखि यी पुस्तक अध्ययन अध्यापनका लागि शिक्षकलाई तयार पनि गरिसक्यौं ।” 

यसैगरी नपाले आउँदो वर्ष कक्षा २ र कक्षा ७ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार गर्ने निर्णय गरिसकेको छ । सबै कक्षाका लागि एकैपटक पाठ्यपुस्तक तयार गर्न सम्भव नभएकाले वर्षैपिच्छे तयार गर्दै जाने योजना महालक्ष्मीको रहेको श्रेष्ठले जानकारी गराउनुभयो । 

नपाले यस शैक्षिक सत्रमा जोर बिजोर प्रणाली तथा रोलनम्बर अनि विद्यार्थी सङ्ख्यालाई प्रतिशतका आधारमा छुट्ट्याएर कक्षाका आकार वा कुर्चिका आधारमा भौतिक दूरी कायम गराएर भए पनि पठनपाठन पुनः सञ्चालन गराउने विषयमा छलफल गरिरहेको श्रेष्ठको भनाइ थियो । 

दक्षिण ललितपुरको महाङ्गाल गाउँपालिकाले गतवर्ष देखि नै ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था’को सहयोगमा ऊर्जा सम्बन्धित स्थानीय पाठ्यपुस्तक पठनपाठन गराइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्म अध्यापन भइरहेको २० पूर्णाङ्कको पाठ्यपुस्तक गत वर्षको एक शैक्षिक सत्रमा पढाइसकेर यस वर्षको शैक्षिक सत्रमा समेत पढाइरहेका छाँै ।” तिहार सकिएलगत्तै गाउँपालिकाका सबै विद्यालय सञ्चालन भइरहेका दाहालले जानकारी गराउनुभयो । 

गोदावरी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गर्न यसवर्ष बजेट बिनियोजना गरिसकेको जनाएको छ । गोदावरीका जातजाति, धर्मसंस्कृतिको विषयमा समेटिएको पुस्तक आउँदो नयाँ शैक्षिक सत्र २०७८ सालबाट शुरु गर्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । 

वाग्मती गाउँपालिकाले सो पाठ्यपुस्तक तयार गर्न यसवर्ष बजेट विनियोजन गरिसकेको जनाएको छ । गाउँपालिकामा विद्यार्थीलाई कस्तो शिक्षाको आवश्यकता परेको छ भनी पहिचान गरेर मात्रै कृषि, पर्यटन, संस्कृति वा भौगोलिक आधारमा पुस्तक तयार गरिने वडा नं २ माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार चौलागाईंले बताउनुभयो ।

मङ्सिर महिना लागेसँगै वाग्मतीमा बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म विद्यालय खुलिरहेको चौलागाईँले जानकारी गराउनुभयो । कोञ्ज्योसोम गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । 

कोञ्ज्योसोममा तामाङ जातीको बाहुल्य रहेको हुँदा यसै अनुसार पाठ्यपुस्तक तयार गर्ने भन्ने विषयमा कुरा अघि बढिरहेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताउनुभयो । 

यसैगरी ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गर्ने विषयमा छलफल भइनसकेको जनाएको छ । मुलुकमा फैलिरहेको कोरोना कहरका कारण यस विषयमा सम्बन्धित निकायसँग छलफल नै गर्न बाँकी रहेको हुँदा कुन विषय पढाउन उचित भन्ने टुङ्गो नभइसकेको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “ महानगरपालिकामा एक चरणको बैठकबसी त्यसपछि शिक्षाविद्सँग छलफल गरेर मात्र यसतर्फ ध्यान दिनेछौं ।” 

महानगरपालिकामा दिनानुदिन बढ्दो कोभिडका कारण विद्यालय कहिलेबाट खोल्ने भन्नेसमेत निश्चित भइनसकेको महर्जनले  जानकारी गराउनुभयो । ललितपुरका २९ वडामा विभिन्न जातजाति र भाषाभाषीका विद्यार्थी हुँदा जात्रापर्व, कला र संस्कृति अथवा अन्य कुनै विषयमा भए पनि पुस्तक प्रकाशन हुनसक्ने शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर श्रेत्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल