२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

२२ मंसिर २०७७, सोमबार ०६:५४

मङ्सिर २२, काठमाडौं | कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि  एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ । 

विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवेतले कोरोना भाइरस संक्रमण उत्कर्षमा रहेका बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध विदेशी कामदारहरुलाई विना जरिवाना आममाफी दिई घर फर्काउने कार्यक्रम शुरु गरेको  थियो ।

कुवेतले यस पटक ३० दिनको समय दिएर डिसेम्बर १ तारेखदेखि वैधानिककरण हुन समय दिएको हो  । कुवेतले सन् २०२० को अक्टोबर ३१ सम्म १३ हजार अवैध आप्रवासीलाई स्वदेश फर्काएको बताएको छ । अझै कुवेतका विभिन्न डिपोर्टेसन सेन्टरमा अवैध हैसियतका विदेशी रहेको बताइएको छ । 

कुवेतले सन् २०१८ मा ३४ हजार र सन् २०१९ मा ४० हजार विदेशी कामदारलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा स्वदेश फर्काएको थियो । कुवेतमा ३ हजार नेपाली अवैध अवस्थामा रहेको अनुमान छ । शुरुमा ७ हजार अवैध नेपाली रहेको अनुमान गरिएकोमा कोरोना महामारीको संक्रमण २ हजार ९ सय नेपाली आममाफीको प्रक्रियामा सहभागी भई स्वदेश फर्किएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य