२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो ‘कतार प्रहरीमा रोजगारीमा जान राहदानी वा रकम बुझाएका व्यक्तिहरु सम्पर्कमा आउनुस्’

२२ मंसिर २०७७, सोमबार ०७:२६

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारमा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । 

यसअघि विभिन्न इजाजतपत्रवाला संस्था(म्यानपावर) संस्थाले वैदेशिक रोजगारको लागि कतार प्रहरीमा पठाइदिने भनि विभागको पूर्व स्वीकृती विना अन्तरवार्ता संचालन गरिरहेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागले एस.ओ.एस.म्यान पावर सर्भिस प्रा.लि.( इ.प.न.८०/०५२), होप इन्टरनेशनल प्रा.लि. ( इ.प.न.८५७/०६६/६७) र डि.डि ह्युमन रिसोस प्रा.लि.(१०४३/०७३/७४ ) मा आकस्मिकअनुगमन गरेको थियो । सो क्रममा आकस्मिक अनुगमन टोलीले अन्तरवार्ता संचालन गरिसकेको/गरिरहेको अवस्थामा टोलीले आवश्यक कागजात नियन्त्रणमा लिई हाल उल्लिखित संस्थाहरु उपर भइरहेको छानविन जारी राखेको छ । छानवीनको क्रममा उल्लिखित संस्थाहरुले वैदेशिक रोजगारमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी/ रकम लिएको भनि विभिन्न व्यक्तिहरुवाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको विभागले जनाएको छ ।

"यसर्थ वैदेशिक रोजगारमा कतार प्रहरीमा जाने भनि उल्लिखित म्यानपावर वा म्यानपावर सँग सम्बन्धित व्यक्ति वा अन्य कुनै म्यानपावरमा राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई आजको मितिले तीस( ३०) दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा मेल गरि उजुरी दिनुहोला ।" विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित) 

तीन म्यानपावर कम्पनी ६ महिना निलम्बन, थप कारवाही तीनदेखि सात वर्षसम्म कैद हुनसक्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य