२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो ‘कतार प्रहरीमा रोजगारीमा जान राहदानी वा रकम बुझाएका व्यक्तिहरु सम्पर्कमा आउनुस्’

२०७७, २२ मंसिर सोमबार ०७:२६

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारमा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । 

यसअघि विभिन्न इजाजतपत्रवाला संस्था(म्यानपावर) संस्थाले वैदेशिक रोजगारको लागि कतार प्रहरीमा पठाइदिने भनि विभागको पूर्व स्वीकृती विना अन्तरवार्ता संचालन गरिरहेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागले एस.ओ.एस.म्यान पावर सर्भिस प्रा.लि.( इ.प.न.८०/०५२), होप इन्टरनेशनल प्रा.लि. ( इ.प.न.८५७/०६६/६७) र डि.डि ह्युमन रिसोस प्रा.लि.(१०४३/०७३/७४ ) मा आकस्मिकअनुगमन गरेको थियो । सो क्रममा आकस्मिक अनुगमन टोलीले अन्तरवार्ता संचालन गरिसकेको/गरिरहेको अवस्थामा टोलीले आवश्यक कागजात नियन्त्रणमा लिई हाल उल्लिखित संस्थाहरु उपर भइरहेको छानविन जारी राखेको छ । छानवीनको क्रममा उल्लिखित संस्थाहरुले वैदेशिक रोजगारमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी/ रकम लिएको भनि विभिन्न व्यक्तिहरुवाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको विभागले जनाएको छ ।

"यसर्थ वैदेशिक रोजगारमा कतार प्रहरीमा जाने भनि उल्लिखित म्यानपावर वा म्यानपावर सँग सम्बन्धित व्यक्ति वा अन्य कुनै म्यानपावरमा राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई आजको मितिले तीस( ३०) दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा मेल गरि उजुरी दिनुहोला ।" विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

कतार पुलिसमा पठाउने भन्दै फेरी आज अन्तर्वार्ता, म्यानपावरमै प्रहरी र एजेन्टको कुस्ती (भिडियो सहित) 

तीन म्यानपावर कम्पनी ६ महिना निलम्बन, थप कारवाही तीनदेखि सात वर्षसम्म कैद हुनसक्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ