साउन १८, पर्बत | धार्मिक तथा पर्यटकीय महत्वको पर्वतको गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणले तीव्रता पाएको छ । जनसमुदायस्तरबाट भौतिक संरचना निर्माणमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोग भएको छ भने नेपाली सेनाले समेत सहयोग पुराएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, पर्बत | धार्मिक तथा पर्यटकीय महत्वको पर्वतको गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणले तीव्रता पाएको छ । जनसमुदायस्तरबाट भौतिक संरचना निर्माणमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोग भएको छ भने नेपाली सेनाले समेत सहयोग पुराएको छ ।

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बतस्थित गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणमा नेपाली सेनाको सहयोग

१८ श्रावण २०७३, मंगलवार ११:४१

साउन १८, पर्बत | धार्मिक तथा पर्यटकीय महत्वको पर्वतको गुप्तेश्वर गुफाको भौतिक संरचना निर्माणले तीव्रता पाएको छ । जनसमुदायस्तरबाट भौतिक संरचना निर्माणमा आफ्नो गच्छे अनुसार आर्थिक सहयोग भएको छ भने नेपाली सेनाले समेत सहयोग पुराएको छ ।

बन्दै गरेको नयाँ पक्की सत्तल निर्माणका लागि आवश्यक पर्ने ढुंगा, बालुवा, रड लगायत सामाग्री नेपाली सेनाका जवानहरुले गुफासम्म पुराई दिएर सहयोग गरेका हुन् । गत सोमबारदेखि रण दल गुल्मका गुल्मपति (मेजर) बालकृष्ण कार्कीको नेतृत्वमा सेनाले दैनिक दुई घण्टा गुफामा श्रमदान गर्दै आएको संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले जानकारी गराएका छन् । सेनाका गुल्मपति कार्कीले आवश्यक परेमा कुनै पनि भौतिक संरचना सेनाकै सहयोगमा निर्माण गर्न समेत पछि नपर्ने भनी बताएको संस्थाका अध्यक्ष श्रेष्ठ बताउँछन् । सेनाले भौतिक निर्माणमा सहयोग गर्ने वचन दिएपछि व्यवस्थापन समितिलाई हौसला बढेको र धार्मिक कार्यमा उत्साह मिलेको निर्माण समितिका कोषाध्यक्ष शिव सुवेदीको भनाई छ । गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुफाको भौतिक संरचना निर्माणमा शुरुवातदेखि नै जिल्लामा कार्यरत नेपाली सेना, शसस्त्र प्रहरीले श्रमदान गर्दै आएका छन् ।

सदरमुकाम कुश्मा बजारदेखि करीव ५०० मीटर तल अवस्थित गुफाको भौतिक संरचना निर्माणमा ढुवानीको समस्या रहेको छ । गुफा पुग्न पक्की सिढीको व्यवस्था भए पनि यातायातको साधन पुग्ने मार्ग बन्न नसक्दा निर्माण सामाग्री पुराउन समस्या भएको हो । गुफामा नयाँ भौतिक संरचना अन्तर्गत नयाँ पक्की सत्तल निर्माण हुँदैछ । गुफा मुन्तिरको खोलाले निर्माण गरिसकेको भवनलाई हानि नपुराओस् भनी ग्यावीन भर्ने र तलैबाट पक्की भवनको संरचना बनाउने कार्य समेत हुँदै गरेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका सदस्य प्रनिश गिरी बताउँछन् ।

ऐतिहासिक गुप्तेश्वर गुफामा भौतिक संरचना निर्माणले श्रद्धालु भक्तजनलाई बस्न र ध्यानसाधना गर्न सहजता मिलेको छ भने टाढाबाट आउने साधुसन्त, वृद्धवृद्धाहरुलाई समेत बस्न मिल्ने व्यवस्था मिलाउने लक्ष्य राखिएको संस्थाका पदाधिकारीको भनाई छ । गुफाको धार्मिक महत्वलाई थप नयाँ उचाई दिन निर्माण गरिदै गरेको दुई तले भवन माथि १०८ शिवलिंग र १०८ धारा राख्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । भौतिक संरचना निर्माणका लागि आर्थिक अभाव रहेकोले सवै भक्तजनहरुलाई सहयोग गरी पुण्यलाभ लिनु हुन संस्थाको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण