२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो : ‘भिजिट भिसाका लागि राहदानी वा रकम बुझाएकाहरु तीस दिनभित्र सम्पर्कमा आउनुहोस्’

२४ मंसिर २०७७, बुधबार ०५:२१

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीको लागि विदेश गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम बुझाएका व्यक्तिहरुलाई  तीस दिन भित्र यथेष्ट प्रमाण सहित विभागमा निवेदन दिन आग्रह गरेको हो ।

भिजिट भिसामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा इमेल गरि उजुरी दिनको लागि विभागले अनुरोध गरेको छ ।

"पछिल्लो समय विभिन्न इजाजतपत्रवाला (म्यानपावर)संस्थाले खाडी लगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनि विभिन्न व्यक्तिहरु सँग राहदानी र चर्को रकम असुल गरी भिजिट भिसामा अवैध तरिकाले पठाउने गरेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागवाट खटिइगएको आकस्मिक अनुगमन टोलीले विभिन्न म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिसा मार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारी आवश्यक कागजात नियन्त्रणमा लिई हाल सो कार्यमा संलग्न संस्था उपर छानविन भइरहेको क्रममा वैदेशिक रोजगारीको लागि भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएका व्यक्तिहरुवाट आफूहरु ठगीमा परेको भनि विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ" विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य