२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो : ‘भिजिट भिसाका लागि राहदानी वा रकम बुझाएकाहरु तीस दिनभित्र सम्पर्कमा आउनुहोस्’

२०७७, २४ मंसिर बुधबार ०५:२१

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीको लागि विदेश गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम बुझाएका व्यक्तिहरुलाई  तीस दिन भित्र यथेष्ट प्रमाण सहित विभागमा निवेदन दिन आग्रह गरेको हो ।

भिजिट भिसामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा इमेल गरि उजुरी दिनको लागि विभागले अनुरोध गरेको छ ।

"पछिल्लो समय विभिन्न इजाजतपत्रवाला (म्यानपावर)संस्थाले खाडी लगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनि विभिन्न व्यक्तिहरु सँग राहदानी र चर्को रकम असुल गरी भिजिट भिसामा अवैध तरिकाले पठाउने गरेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागवाट खटिइगएको आकस्मिक अनुगमन टोलीले विभिन्न म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिसा मार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारी आवश्यक कागजात नियन्त्रणमा लिई हाल सो कार्यमा संलग्न संस्था उपर छानविन भइरहेको क्रममा वैदेशिक रोजगारीको लागि भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएका व्यक्तिहरुवाट आफूहरु ठगीमा परेको भनि विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ" विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ