2026-09-05 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

मंसिर २४, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले जवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | आउँदो शुक्रबार अर्थात ११ डिसेम्बर २०२० मा एभरेष्ट नेपाली रेष्टरेन्ट, जुवेलमा दूतावासले अस्थायी कार्यालय राख्ने भएको हो |

अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिन लागिएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ | दूतावासका अनुसार,शुक्रबार बिहान ८ बजे देखि राहदानी आवेदनका आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति ल्याउनु पर्ने छ |

त्यस्तै नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) आवश्यक पर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ | राहदानी दस्तुर साउदी रियाल- २०० लाग्ने छ | यदि राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने दुतावासले जनाएको छ | 

 कोभिड-१९ महामारी कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल राख्नु पर्ने भएकाले एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर १६ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुन् दूतावासले आग्रह गरेको छ |

अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल