Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदेशमा अलपत्र परेकाहरुलाई ३० दिन भित्र उजुरी गर्न विभागको आग्रह

By kit 3 मिनेट पढाइ

मंसिर २४, काठमाडौं | भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई बैदेशिक रोजगार विभागले उजुरी गर्न आग्रह गरेको छ | विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई उजुरी दिन भनेको हो |

पछिल्लो समय खाडी लगायतका अन्य मुलुकहरुमा बैदेशिक रोजगारीको लागि पठाइदिने भन्दै चर्को रकम असुल गरी अबैध तरिकाले भिजिट भिषामा विदेश पठाउनेक्रम बढेको छ | विभागका अनुसार,भिजिट भिषा भनेर रोजगारीमा पठाउने गरेको पाइएको छ |

विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले म्यानपावर र ट्राभल एण्ड टुर्सले भिजिट भिषामार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारेको छ | वैदेशिक रोजगारको भिजिट भिसा मार्फत पठाउने संस्थामाथि छानबिन भइरहेको विभागले जनाएको छ |

भिजिट भिषामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित उजुरीमा उल्लेख गर्नु पर्नेछ | विज्ञप्तिमा भनिएको छ,"अवैधानिक रुपमा भिजिट भिषाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेलमा मेल गरि उजुरी दिनको लागि अनुरोध गर्दछौं  |"