२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र परेकाहरुलाई ३० दिन भित्र उजुरी गर्न विभागको आग्रह

२४ मंसिर २०७७, बुधबार १०:१०

मंसिर २४, काठमाडौं | भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई बैदेशिक रोजगार विभागले उजुरी गर्न आग्रह गरेको छ | विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई उजुरी दिन भनेको हो |

पछिल्लो समय खाडी लगायतका अन्य मुलुकहरुमा बैदेशिक रोजगारीको लागि पठाइदिने भन्दै चर्को रकम असुल गरी अबैध तरिकाले भिजिट भिषामा विदेश पठाउनेक्रम बढेको छ | विभागका अनुसार,भिजिट भिषा भनेर रोजगारीमा पठाउने गरेको पाइएको छ |

विभागबाट खटिएको आकस्मिक अनुगमन टोलीले म्यानपावर र ट्राभल एण्ड टुर्सले भिजिट भिषामार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारेको छ | वैदेशिक रोजगारको भिजिट भिसा मार्फत पठाउने संस्थामाथि छानबिन भइरहेको विभागले जनाएको छ |

भिजिट भिषामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित उजुरीमा उल्लेख गर्नु पर्नेछ | विज्ञप्तिमा भनिएको छ,"अवैधानिक रुपमा भिजिट भिषाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन वा विभागको अनुगमन शाखाको इमेलमा मेल गरि उजुरी दिनको लागि अनुरोध गर्दछौं  |"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य