२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी दुतावासले गरेन मागपत्र प्रमाणीकरण, यस्तो छ राजदुतको स्पष्टोक्ति

२८ मंसिर २०७७, आईतवार ०६:३२

मङ्सिर २८, काठमाडौँ | कोरोना महामारी पछि तीन महिना अघि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको छ । यस क्रममा कतार तथा युएई लगायत खाडीस्थित विभिन्न नेपाली दूतावासहरुले कामदारहरु मागिएको नयाँ मागपत्र प्रमाणीकरण शुरू गर्न थालेका छन् तर साउदी स्ठित नेपाली दुतावासमा भने मागपत्र प्रमाणीकरणको काम अझै अनिश्चित छ ।

कामदारको माग लिएर दुतावास पुगेका अधिकांश रोजगारदाता कम्पनीहरुलाई दुतावासले त्यसै फर्काउने गरेको छ । खाडीका अन्य देशहरुमा रहेको दुतावासहरुले मागपत्र प्रमाणीकरणको काम सुरु गरिसक्दा पनि साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरे पछि दुतावासमा दवाब बढेको छ ।

कोरोना महामारीको कारण देखाई साउदी दूतावासले मागपत्र प्रमाणीकरणको काम नगर्दा नेपाली कामदारको माग भई आउने नयाँ डिमाण्डहरु प्रभावित भएको बताइएको छ । त्यसो त नेपालबाट कामदार लान असहज भएको भन्दै रोजगारदाताहरुले नेपाली कामदारको विकल्प खोज्न थालेको बताइएको छ ।

साउदीस्थित दुतावासले मागपत्र प्रमाणीकरण नगरेको विषयमा म्यानपावर व्यवसायीहरुले पटक-पटक ध्यानाकर्षण गराइसकेको अवस्थामा समेत दुतावासले वेवास्ता गरेको गुनाशो गरिएको छ । 

साउदीले नयाँ कामदारको लागि खोलेकै छैन: राजदुत

साउदीस्थित नेपाली दुतावासले नयाँ डिमाण्डको मागपत्र प्रमाणीकरणको काम किन नखुलाएको भन्ने साझा सबाल मिडियाको प्रश्नमा राजदुत डा. महेन्द्र प्रसाद सिङ राजपुतले साउदीले नयाँ कामदार भित्र्याउने सम्बन्धमा कुनै निर्णय नगरिसकेकोले मागपत्र प्रमाणीकरणको काम दुतावासले नगरेको बताए । 

राजदुत राजपुतले भने 'साउदी सरकारले जब अनुमति दिन्छ तब हामी प्रमाणीकरणको का गर्छौं, अहिले नयाँ कामदारको लागि यहाँको सरकारले अनुमतिनै दिएको छैन । यस्तो अवस्थामा कामदारको मागपत्र प्रमाणीकरण गर्दा नेपालीहरु थप समस्यामा पर्न सक्छन् । यहाँको सरकारले नेपाल मात्र होइन अन्य देशबाट पनि नयाँ कामदार ल्याउन दिएको छैन ।' राजदुत राजपुतले अगाडी भने 'नेपालीहरुलाई साउदी अरवीयाले रिइन्ट्री (पुन: प्रवेश)को अनुमति दिएको छ, भारतलाई त यो सुविधा समेत दिएको छैन । नेपालीले रोजगारीको लागि साउदी आउन पाउन हामीले पनि चाहिरहेको कुरा हो, यसलाई खोल्न हामीले उच्च निकायहरुलाई भेटिरहेका छौं ।' 

राजदुत राजपुतले साउदीले हालसम्म नयाँ कामदार लैजाने सम्बन्धमा कुनै निर्देशन नदिएको र त्यस्तो निर्देशन नभएसम्म दुतावासले मागपत्र प्रमाणीकरणको काम नगर्ने स्पष्ट पारेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य