2026-09-05 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

मङ्सिर २८, काठमाण्डौं । विशेष अदालत काठमाडौंले वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलगायत दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको छ । दर्ता भएको तीन वर्षपछि सुनुवाइको चरणमा प्रवेश गरेकोे भ्रष्टाचार मुद्दामा शुक्रबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको ईजलासले अख्तियारको दाबी पुष्टि गर्दै भ्रष्टाचार गरेको ठहर्‍याएको हो । 

उनलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना भएको विशेष अदालतका उपरजिस्टार पुष्पराज पाण्डेयले बताए । पाण्डे सहित तीनैजनालाई जनही १०/१० वर्ष कैद र घुस मागिएको रकम १० लाखलाई तीन भागमा बराबर बाँडेर आउनेजति रकम जरिवाना हुने फैसला भएको पाण्डेले बताए ।

तत्कालीन महानिर्देशक पाण्डे नियमित अवकाश हुनुभन्दा केबल ५ दिनअघि सहकर्मी कर्मचारीहरूको पोलको आधारमा पक्राउ परेका हुन् । अख्तियारले २०७४ पुस ४ गते तत्कालीन महानिर्देशक पाण्डेसहित अधिकृत कृति वल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मद्दा दायर गरेको थियो । 

अख्तियारले विभागका तत्कालीन शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीलाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि २०७४ मंसिरमा तत्कालीन महानिर्देशक पाण्डेलाई पनि पक्राउ गरेको थियो । उनीहरु २०७४ साल पुस ६ गते न्यायाधीश बाबुराम रेग्मी र प्रमोदकुमार श्रेष्ठ वैद्यको ईजलासबाट दश लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल