कमल रावल | साउन १८, अछाम | अछाममा स्थानिय तहको पुर्नसंरचनाको प्रारम्भीक खाका सच्याउन माग गर्दै इलाका नम्बर ७ को जयगढ क्षेत्रका सरोकारवालाहरुको एक टोलिले जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १८, अछाम | अछाममा स्थानिय तहको पुर्नसंरचनाको प्रारम्भीक खाका सच्याउन माग गर्दै इलाका नम्बर ७ को जयगढ क्षेत्रका सरोकारवालाहरुको एक टोलिले जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश गरेको छ । 

2026-08-29 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश

कमल रावल | साउन १८, अछाम | अछाममा स्थानिय तहको पुर्नसंरचनाको प्रारम्भीक खाका सच्याउन माग गर्दै इलाका नम्बर ७ को जयगढ क्षेत्रका सरोकारवालाहरुको एक टोलिले जिविस अछाममा डेलिकेशन सहितको बिज्ञप्ति पेश गरेको छ । 

सर्वदलिय, सर्वपक्षीय भेलावाट गठित समन्वय तथा संयुक्त संघर्ष समितीको टोलिले जिविस अछाम तथा स्थानिय निकायको सिमानिर्धारण सम्वन्धि जिल्ला प्राविधक सहयोग समितीलाई सदरमुकाम त्यस क्षेत्रका जनताको हस्ताक्षर सहितको डेलिकेसन र बिज्ञप्ति पेश गरेको हो । झण्डै अढाई सय हस्ताक्षर सहित डेलिकेशनमा आएको संघर्ष समिती तथा सरोकारवालाहरुको टोलिले इलाका नम्वर ७ अन्र्तगतका दर्ना, कालिका र तिमिल्सैनलाई मंगलसेन नगरपालिका तथा बरदादेवी, गाँजरा र जनालिकोट गाविसलाई साँफेबगर नगरपालिकामा गाभिएको भन्दै स्थानिय तहको पुर्नसंरचना सम्वन्धि प्रारम्भिक खाकावाट यो निर्णय सच्याँउन माग गरेको छ । 

ऐतिहाँसिक, धार्मीक पर्यटकीय नगरी बान्निगढीको काखमा रहेको जयगढ र आसपासको क्षृत्रलाई समेटेर नगरपालिका बनाँउनका लागि आर्थिक वर्ष २०७१/७२ को ईलाका परिषद हुदै जिल्ला परिषद वाट समेत पारित भईसकेको अवस्थामा उक्त क्षेत्रलाई बिभाजन गरि पुर्नसंरचनाको नाममा बिखण्डन ल्याँउने कार्य गरिएको भन्दै यो निर्णयले मर्माहत तुल्यायको बिज्ञप्तिमा भनिएको छ । युगौं युग देखी सामाजिक तथा धार्मीक रुपमा एकताबद्ध रहेको र बेग्लै पहिचान भएको ईलाका नम्वर ७ लाई त्यो क्षेत्रको अस्तित्वनै मेटाँउने गरी बिखण्डित निर्णय गरिएको भन्दै बिज्ञप्ति मार्फत दुःख ब्याक्त गरिएको छ । साथै ईलाका नम्वर ७ का गाविसहरुलाई समेटेर जयगढ गाँउपालिका कायम गर्न र त्यसअनुरुपको निर्णय गर्न गराँउन पनि अनुरोध गरिएको छ । हालै जिल्ला स्थित स्थानिय विकास अधिकारी संयोजक रहेको प्राविधिक सहयोग समिती र सर्वदलिय बैठकवाट जिल्लाको पुर्नसंरचनाको खाका आयोगकको निर्देशन अनुसार ७ वटा गाँउ तथा नगरपालिका रहने गरी प्रारम्भिक सिमा निर्धारणको खाका सार्वजनिक गरिएको थियो । 

यस्तै बिज्ञप्ति मार्फत यस हालै गरिएको बिखण्डित निर्णयले लोकतन्त्र र संघियताको मिठो अनुभुती नभई निरङकुश र केन्द्रमुखी तानाशाही एवम केन्द्र शासित धारणाको अनुभती भएको जनाईएको छ । बिज्ञप्ति तथा डेलिकेशन सहित प्रविधिक समितीको ध्याँनाकर्षण गराँउनका लागि समन्वय तथा संघर्ष समितीका संयोजक तिलक खत्री सहित त्यस क्षेत्रका अगुवाहरु टेक बहादुर साउद, मानबहादुर साउद, कृष्ण बहादुर खड्का लगायत समितीका सबै सदस्यहरु र समाजसेवी सरोकारवालाहरु सदरमुकाम पुग्नुभएको थियो । जिविस अछामलाई दिईको डेलिकेशनको बोधार्थ जिल्ला प्रशासन कार्यालय, पत्रकार महाँसंघ अछाम सहित बिभिन्न सञ्चार माध्ययमलाई दिईएको छ । 

यसैवित्र यसअगि ईलका नम्वर १२ का स्थानियले पनि आफुहरुलाई अपायक हुने गरी कमलबजार नगरपालिकामा आफ्नो क्षेत्रलाई गाभिएको भन्दै जिविस अछाममा डेलिकेशन दिएका थिए । स्मरण रहोस, यस अगि पनि जिल्ला प्राविधिक सहयोग समिती र सर्वदलिय सर्वपक्षीय बैठकवाट जिल्लाको भुगोल, जनसंख्या र भौगोलिक बिकटताका कारण आयोगले भनेजसरी ७ वटा गाँउ तथा नगरपालिका अछाममा असम्भव भएको निष्कर्ष सहित १० वटा गाँउ पालिकाको संख्या माग गर्ने निर्णय भईसकेको छ । संख्या थपको निर्णय आयोगवाट नआँउदा सम्म अछामवाट ७ गाँउपालिकाको खाका नपठाँउने पनि सोही बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो