कमल रावल | साउन १८, अछाम | नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन । 

रेडियो रामारोशन अछामको आयोजनामा भएको नागरिक समाज, मिडिया र सार्वजनिक निकाय बिचको पारस्परिक जवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | साउन १८, अछाम | नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन । 

रेडियो रामारोशन अछामको आयोजनामा भएको नागरिक समाज, मिडिया र सार्वजनिक निकाय बिचको पारस्परिक जवा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनुपर्ने

१८ श्रावण २०७३, मंगलवार १६:०२

कमल रावल | साउन १८, अछाम | नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले विशेष प्राथमिकता दिनु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन । 

रेडियो रामारोशन अछामको आयोजनामा भएको नागरिक समाज, मिडिया र सार्वजनिक निकाय बिचको पारस्परिक जवाफदेहिता अनि आपसी सम्बन्धमा स्थायित्व बारेको छलफल कार्यक्रमका सहभागीले स्वास्थ्य, नागरिक वडा पत्र, सामाजिक सुरक्षा भत्ता र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बन्न र बनाउन पहल गर्ने बताएका छन । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकहरूले सचेतनाको अभावले गर्दा राज्यबाट पाउने सेवा, सुविधाबाट बञ्चित हुनु परेकोले नागरिकहरूमा जागरुकता र सचेतना अभिवृद्धि गर्न सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले जोड दिनु भयो । 

कार्यक्रममा पत्रकार महासंघ अछामका सचिब शिवराज ढुङगानाले नागरिकको समस्या र सरोकारका विषयलाई उजागर गरी विधिको शासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल गर्नु पर्नेमा जोड दिनुभयो । नागरीक समाज र सञ्चारमाध्यमको दोहोरो उत्तरदायीत्व हुने भएकाले दुवैले सहकार्य गरि अगाडी बढनु पर्ने उहाको भनाई थियो । कार्यक्रममा बोल्दै अपाङ्ग उत्थान समुह अछामका अध्यक्ष जंग विकले अपाङगता परिचय पत्र वितरण प्रक्रियालाई चुस्त दुरुस्त बनाई नागरिकहरु प्रति जिम्मेवार हुन सुझाव दिनु भयो । नागरिक अधिकारलाई राज्यले मौलिक अधिकारको रुपमा सुनिश्चित गर्नु पर्ने उल्लेख गर्दै नागरिक सचेतनाको लागि नागरिक समाज मिडिया र सार्वजनिक निकाय विच सहकार्य हुनु जरुरी रहेको बताउनु भयो । आफ्नो कार्यालय जहिले पनि नागरिक प्रति जिम्वेवार र जवाफ देहि रहेको महिला तथा बालबमलिका कार्यालय अछामका निमित्त प्रमुख भावना जोशीले बताउनु भयो । आफ्नो कार्यालय बाट सेवाग्राहीले सहजै रुपमा सेवा लिन पाएका उहाँको भनाई थियो । 

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालय बाट प्रदान गरिने सेवाहरु सहजै रुपमा सेवा ग्राहीलाई दिईरहेको र आगामी दिनमा अझै सहज बनाउदै लैजाने प्रतिवद्धता जनाउनु भएको छ । आफु सधै सुशासन र पारदर्शिताको पक्षमा रहेको उहाँको भनाई थियो । आफु सधै सञ्चार मिडिया संग सहकार्य गरेर अगाडी बढ्ने उहाँको भनाई थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल, तुल बहादुर काउछा, अनुसन्धान अधिकृत लोकराज जोशी, सुदूर खबर साप्ताहिकका ललित बुढा, दलित प्रतिनिधी दुर्गा तिरुवा लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो रामारोशनका विद्युत्मा रैका, साझा बोली रेडियो कार्यक्रमका सामुदायिक रिर्पाेटर गायत्री भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा